रिडिकोट-३ कि १५ वर्षीया शर्मिला भूलको महिनावारी हुँदा गोठमा बसेको अवस्थामा ०६९ पुस ३ गते राति ज्यान गएपछि छाउपडी कुप्रथाको विरुद्धमा उत्रेका रिडिकोटका महिलाले ०६९ पुस १७ गते वडा नम्बर १, २ र ३ लाई छाउपडी कुप्रथा मुक्त वडा घोषणा गरेका छन् । एक कार्यक्रमकाबीच नेपाली काँग्रेस अछामका उपसभापति जयन्द्रबहादुर स्वारले तीन ओटै वडालाई छाउपडी कुप्रथा मुक्त वडा घोषणा गरे । गोठमा ज्यान गुमाएकी किशोरी शर्मिलाको फोटोमा माल्यार्पण गरी घोषणा कार्यक्रम सुरु भएको थियो । शर्मिलाको गोठमा मृत्यु भएपछि गाउँमा रहेका छाउपडी गोठ भत्काउने अभियान थालेका महिलाहरूले तीन ओटै वडामा रहेका सबै गोठहरू भत्काएका थिए । यस लगत्तै बाँकी वडामा पनि गोठ भत्काउने अभियानको सञ्चालन गर्ने छाउपडी कुप्रथा बिरुद्धको अभियानको नेतृत्व गर्ने पारालिगल समितिकी अध्यक्ष सीता स्वारले जानकारी दिइन् । शर्मिला भुलको गोठमै मृत्यु भएपछि अछाममा छाउपडी कुप्रथा विरुद्धमा स्थानीयहरू आफै जागेका छन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
एक दम खुसीको खबर हो. एस्तो प्रथ हटाउनै पर्छ. महिलाको अधिकारको लागि.
Well-loved. Like or Dislike:
47
1
खै त्यो ठाउमा कस्ता कस्ता मान्छी हरु बस्ता छन थाहा भएना २१ सौ सताब्दी को ध्हयाँग्रो ठोक्ने हरु को अहिले सम्मा पनि त्यो र त्यस्ता ठाउमा आखा ना लाग्नु अति दुखको कुरा हो र हाम्रो नेपाल मा कुनै पनि काम गर्नु अघि कित मान्छी नै मर्नु पर्यो कित आन्दोलन नै गर्नु पर्ने यो कुप्रथा न हटे सम्मा यस्तै हो कुनै पनि सर्भ साधारण को ज्यान जोखि बिहिन ना हुने निश्चित नै भन्नु पर्यो
Well-loved. Like or Dislike:
21
2
चेतनाको कमि होला पक्का पनि | अब यस्तो नहोस हे दैव !
Well-loved. Like or Dislike:
20
2
it is not a big problem, it is a biological problem let everybody understand it.
मन परे हरियो, नपरे रातो
13
9
एस्तो प्रथाता मोलैता थहछैन मेरो उमेर ६० पुग्यो मेरो
गाउमा एश्तो प्रथ छैन
मन परे हरियो, नपरे रातो
2
0
यो पार्थ हटौना २/४ जना समाजका मुख्य लाई ,राम्रो सिक्ष्य दिनु पर्छ!
अनि सामाजिक चेतना फैलाउनु पर्छ ,एसको धर्म संग सम्बन्ध हुदैन भन्ने ज्ञान समाज मा दिनु पर्छ !
येति गर्दा भएन भनि ,खोरमा कोच्नु पर्छ अनि बल्ल होस् आउछ!
Well-loved. Like or Dislike:
47
0
यो कुप्रथा हो यसलाई निर्मुल पार्नै पर्छ I यहाहरुलाई मेरो साहानुभुती छ i
मन परे हरियो, नपरे रातो
1
0
मिर्तक मा चिर सान्ति को कामना गर्दछु !!
भगवान ले हामी सबैको कल्लन गरुन
जय नेपाल !!
मन परे हरियो, नपरे रातो
0
2
२१ औ सतावदी मा पनी किन मान्छे पसु जस्तो
भको होला ……………….?
मन परे हरियो, नपरे रातो
3
0
विश्व जलसम्पदाको ब्राजिल पछिको दोश्रो धनि देश नेपाल जहाँ हामी जन्मियका छौ र नेपाली छौ …..आज त्यहि देश मा जहाँ प्रचुर आयश्रोत को सम्भावना बोकेको जलश्रोत को उपयोगिता को बृदि-बिकाश त छैन नै भयका हरुको पनि दुरावस्था छ, झन् झन् .नाजुक र कम्जोर बनेको छ , बिडम्बना को कुरा जनतालाई उज्यालो मा राख्नु को साटो दैनिक घन्टौ अन्धकार मा बस्न बाध्य पारीयको छ |
अत: सम्पूर्ण नेपाली जनसमुदायको तर्फबाट व्यंग्य स्वरूप ‘नेपाल बिधुत प्राधिकरण’ लाई यो “बधाई-पत्र” प्रदान गर्न इच्छित छु म …………| …..मलाई आशा छ मेरा आत्मीय आफन्तजन र प्रिय मित्रजन हरुले बिना आग्रह-पुर्बाग्रह पूर्ण क्रियासिल्ताका साथ यस प्रति ‘LIKE ‘ र ‘COMMENT ‘ गरि एक्यबद्धता जनाउनु हुनेछ ……………| -”मेरो नेपाल प्यारो नेपाल”
मन परे हरियो, नपरे रातो
1
1