काठमाडौं,माघ ४ । दैलेख जिल्ला अदालतले पत्रकार डेकेन्द्रराज थापाका हत्या अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अनुसन्धान प्रक्रिया नरोक्न सर्वोच्च अदालतले दिएको आदेशको चिठी पुगेपछि विहिबार दैलेख प्रहरीले अभियुक्तहरुलाई अदालतमा पेश गरेकोमा १२ दिन थुनामा राख्न अनुमति दिइएको हो । यसअघि जिल्ला अदालतले अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान गर्न दुइ पटक म्याद दिईसकेको थियो । पत्रकार थापाको हत्या भएको ८ बर्षपछि अभियुक्तहरु पक्राउ परी अनुसन्धान अघि बढाईको बेला प्रधानमन्त्री बाबुराम भट्टराइको निर्देशनमा महान्यायाधीवक्ता मुक्ति प्रधानको आदेशमा अभियुक्तहरुको वयान लिने क्रम रोकिएको थियो । तर सर्वोच्च अदालतले गत मंगलबार ब्यक्ति हत्याका अभियुक्तहरुको वयान नरोक्न र फौजदारी कानुन अन्तर्गत मुद्धा चलाउन आदेश दिएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
पत्रकार हरु दुइ जिब्रे छ, राजनीति गरे को छ, बेलायत मा कुमार लामा लै छोडी दे भन्नि यता न छोड भन्नि.सर्बोच्च आदलत को नयधिश ले जनताको आगाडी आन्तरिम सम्मिधन को पालना भएको इस्पस्ती कारण tv मा आन्तार्वारता मा देखाउन पर्छ’
Hot debate. What do you think?
27
90
लल जे गरेनी आफै बोक्सी आफै झाक्री त् हो आखिर
कुरो मिलाए जस्तो गरे भैहाल छ नि !
Well-loved. Like or Dislike:
154
2
आफ्नो बिचारहरु लेख्दालेख्दै म त बिचैमा पो अलमलमा परें, के संचारकर्मी र राजनीतिज्ञ उस्तै उस्तै हुन् ?…
मन परे हरियो, नपरे रातो
2
1
यो पत्रकार थापाको हत्त्यामा कर्नेल लामाको हात त थितेन?
फेरी यिनी दोसी नहुदाहून त कसरि पक्राउ परे ?
येदि यिनी दोसी ठहरिए भन्ने परमाण फेलापरे ति पैसा हाली (घुस }दि उन्मुक्ति गर्न चाहानेहरुलाई नि के छ नए ? नयाये त् आगो हो अब होसियेर सबै ठुला देखि साना कर्मचारी र जनता अब पहिला आफैलाई नयया गर्ने समय छ पहिलाका भुल माफी मागी अब भुल नगर्न सल्लाह छ सबैलाई
मन परे हरियो, नपरे रातो
1
0