फ्रेन्ड्सद्वारा बाँसबारी क्लव स्तब्ध

काठमाडौं,माघ ४ । राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा फ्रेन्ड्स क्लवले बाँसबारी क्लवलाई हराउँदै आफ्नो शिर्ष आठ भित्र पर्ने संभावनालाई थप बलियो बनाएको छ । दशरथ रंगशालामा फ्रेन्ड्सले बाँसबारीलाई २-० ले हराएको हो । फ्रेन्ड्सलाई जिताउन अफ्रिकी खेलाडी डोडोज र औमारले १-१ गोल गरे । जितपछि १४ खेलबाट २४ अंक जोडेको फ्रेन्ड्स लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ । बाँसबारी भने यसअघिनै रेलिगेशनमा परिसकेको छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)