टोकियो बार एसोसिएसनद्वारा नेपाली अधिकारकर्मी पुरस्कृत

माघ ४ । जापानको टोकियो बार एसोसिएसनले नेपाली अधिकारकर्मी राजन प्रधानाङ्गलाई मानव अधिकार पुरस्कार प्रदान गरेको छ । मानव अधिकार तथा समाज सेवामा समपिर्त भई बिगत २५ वर्षदेखि जापानमा रहेर काम गर्दै आए बापत प्रधानाङ्गलाई पुरस्कृत गरिएको जनाइएको छ । जापानको इतिहासमै चचिर्त गोविन्द मैनालीको मुद्दामा १५ वर्षदेखि अनवरत आवाज उठाउँदै आएका प्रधानाङ्ग गोविन्द सहयोग समितिका सक्रिय सदस्य समेत हुनुहुन्छ । पुरस्कार वितरण समारोहमा जापानको सर्वोच्च अदालतका न्यायाधीश यामाउरा योसिहिकीले अनुसन्धान गर्नका लागि केही अधिकार निजी क्षेत्रका वकिलहरुलाई समेत दिईएमा गोविन्द मैनाली प्रकरण जस्तो मुद्दामा न्याय दिन सहज हुने विचार व्यक्त गर्नुभयो । जापानमा पहिलोपल्ट नेपाली नागरिकले अन्तर्राष्ट्रिय मानव अधिकारजस्तो महत्वपूर्ण पुरस्कार पाएका हुन् ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)