रौतहट,माघ ५ । रौतहटबाट एक ट्रक खयर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । सिन्धुलीको जङ्गलबाट कटान गरी रौतहट हुँदै सिराहाको मिर्चैया लैजान लागेको ७ सय क्युफिट खयर सहित ना ३ ख ६००२ नम्बरको ट्रकलाई जिल्ला बन कार्यालय रौतहटले नियन्त्रणमा लिएको हो । खयर लोड गरेको ट्रक सिल नगरेको, अर्को जिल्लामा प्रबेश गर्दा समेत दरपीट नगरेबाट अनियमित देखिएकाले कारबाहीको लागि नियन्त्रणमा लिएको सहायक वन अधिकृत बिष्णुकान्त मिश्रले जानकारी दिनुभयो ।