त्रिसुली नदीमा बस खस्दा ३ जनाको ज्यान गयो

धादिङ,माघ ५ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस धादिङको घाटबेसीबाट त्रिसुली नदीमा खस्दा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । घटनामा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेको छ । ना ४ ख ६११७ नम्बरको बस शुक्रबार विहान ४ बजे त्रिसुली नदीमा खसेको हो । बसको छतमा धेरै आलु लादिएकाले मोडमा भार थाम्न नसकी अनियन्त्रित भएर बस खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनापछि नेपाली सेना र स्थानीयबासीले घाईतेहरुको उद्धार गरेका थिए । दुर्घटनामा परि एक महिला र २ पुरुषको शव प्राप्त भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । गम्भीर घाइतेहरुलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । दुर्घटना स्थल ट्राफिक प्रहरीको सूचिमा जोखिमयुक्त स्थलको रुपमा किटान गरिएको छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)