माघ ५ । अष्ट्रेलियाको मेलवर्नमा अध्ययनरत एक नेपाली विद्यार्थिको बिहीवार ज्यान गएको छ । क्यान्सर रोग लागेर उपचार गराइरहेका विद्यार्थी प्रदीप तुलाधर सिकर्मीको मेलवर्नको पिटर म्याक क्यान्सर अस्पतालमा विहिबार साँझ निधन भएको भिक्टोरीयाका लागि नेपाली महाबाणिज्यदूत चन्द्र योञ्जनले जानकारी दिनुभयो । नेपाली समुदायको असल मित्र तथा महत्वपूर्ण सदस्यलाई गुमाउनु परेकोमा मेलवर्नमा बसोवास गर्ने नेपली समुदायले दुःख ब्यक्त गरेका छन् । यस दुःखद घडीमा मृतकको अत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारणा गर्न शक्ति मिलोस् भन्दै नेपाली महाबाणिज्यदुतको कार्यालय भिक्टोरीयाले श्रदान्जलि ब्यक्त गरेको छ । नेपलमा झापा जिल्लाको दमकमा जन्मिएका तुलाधर केही वर्षदेखि श्रीमती सँगै मेलवर्नमा बसेर अध्ययन गरिरहेका थिए । डेढ वर्ष अघि क्यान्सर रोग लागेको पत्तालागेपछि उपचार शुरु भएको थियो ।