जन्ती बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,३को अवस्था गम्भीर

उदयपुर,माघ ५ । उदयपुरको मुर्कुची-भुट्टार सडक खण्डमा जन्ती बोकेको जीप दुर्घटनामा हुँदा एक किशोरीको घट्नास्थलमै ज्यान गएको छ । बिहान पौने ७ बजे भएको दुर्घटनामा १० घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । बेहुला कूलबहादुर थापा भने कुशल रहेको अस्थायी प्रहरी चौकी सुकौराले जनाएको छ । त्रियुगा नगरपालिका ११ लालपत्ता पात्लेबासबाट भुट्टारतर्फ जाँदै गरेको को १ च ६६४९ नं। को बोलेरो जीप दुर्घटनामा पर्दा त्रिनपा १४ की १४ वर्षीया निशा बानियाको मृत्यु भएको हो । जन्ती सवार जीप मुर्कुचीदेखि ९ किलोमिटर माथि रौता ९ स्थित कोल्बोटेको गेरगेरे भीरमा चिप्लेर सडकबाट तल खसेको हो । २२ जना जन्ती सवार उक्त जीपमा २२ जना रहेकोमा छतमा रहेका यात्रु भने हाम फालेर बाँच्न सफल भएको स्थानियले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि गाइघाट ल्याइँदै छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)