बेलायतमा बलात्कारको घटनाको भयावहको स्थीती

माघ ५ । दक्षीण एसियाली देशमा बलात्कारको घटनामा बृद्धि भईरहेको बेला बेलायतमा पनि बलात्कारको घटनाको भयावहको स्थीती रहेको खुलासा भएको छ ।  बलात्कार तथ्याङक जस्ले ब्रिटेनलाई लज्जास्पद गरेको छ शिर्षक को रीपोर्ट सरकारी निकायले नै प्रकाशीत गरेको छ । रिपोर्ट अनुसार ईङल्याण्ड र बेल्स मा हरेक बर्ष औसतमा चार लाख ७३ हजार यौन अपराध हुने गरेको छ । यस यौन अपराधमा पुरुष सँग हुँने अपराध पनि सामेल रहेको छ । त्यस्तै हरेक बर्ष बलात्कार को सङख्या ६० हजार बाट ९५ हजार सम्म रहेको छ । दक्षीण एसियाली मुलुकको अनुपातमा यो तथ्याङक बढी हो । रीपोर्ट अनुसार झण्डै ५ लाख यौन अपराध भएपनि अदालतमा जाने को सङख्या ५४ हजार मात्र रहेको छ । त्यस मध्य पनि मात्र पाँच हजार ६ सय २० ले सजाय पाउँने गरेको तथ्याङक वाहिर आएको हो ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)