चितवन,माघ ५ । चितवनका विद्यार्थी संगठनहरुले त्रिवि अन्र्तगतको कृषी तथा पशु विज्ञान अध्ययन संस्थानको बोर्ड हटाएर कृषी तथा वन विद्यालयको बोर्ड राखेका छन् । त्रिविले संस्थानको स्वामित्व हस्तान्तरण गर्न नमानेपछी विद्यार्थी संगठनहरुले शुक्रबार साईनबोर्ड परिवर्तन गरेका हुन् । संस्थानको मुल गेट र कार्यलयमा रहेको साईन बोर्ड परिवर्तन गरिएको अखिलका पुर्व अध्यक्ष निरज भट्टले जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थीहरुले कृषी क्याम्पस रामपुरको क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यलयमा तोडफोड र आगजनी समेत गरेका छन् । तोडफोड र आगजनी बाट कार्यलयका फर्निचर तथा शिशामा क्षति पुगेको छ ।