१२ घण्टा हुदै आएको लोडसेडिङ १४ घण्टा पुर्‍याउने !

काठमाडौं,माघ ५ । नेपाल विद्युत प्राधीकरणले दैनिक १२ घण्टा हुँदै आएको लोडसेडीङ फेरी बढाएको छ । हाल १२ घण्टा दैनिक लोडसेडीङ गर्दै आएको प्राधीकरणले शुक्रबार विद्युत कटौतीको नयाँ तालीका सार्वजनीक गर्दैछ । स्रोतका अनुसार शनिबारदेखि लागुहुने गरी लोडसेडीङ बढाउने तयारी भैरहेको छ । नियमीत रुपमा भारतबाट भइरहेको विजुली आपुर्ती कटौती गरेपछि प्राधीकरणले तत्काल लोडसेडीङको तयारी गरेको हो । हाल भारतबाट दैनिक १ सय १५ मेगावट विजुली आपुर्ती भइरहेको छ । २ घण्टा समय थप गरेर दैनिक १२ घण्टा हुदै आएको लोडसेडिङ १४ घण्टा पुर्‍याउने प्राधिकरणले तयारी गरिरहेको स्रोतको भनाई छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)