काठमाडौं,माघ ५ । नेकपा एमालेको स्थायि समितिको बैठकले पार्टिका विभिन्न कमिटिमा निर्वाचित हुनको लागि मापदण्ड निर्धारण गरेको छ । राजधानिको गोर्कण रिर्सोटमा दुई दिनसम्म चलेको आवासिय स्थायि समितिको बैठकले पार्टिका विभिन्न कमिटिहरुमा हुने पदाधिकारीको लागि मापदण्ड निर्धारण गरेको नेकपा एमालेका सचिव शंकर पोख्रेलले जानकारी दिनुभयो । मापदण्ड अनुसार ७० बर्षभन्दा बढि उमेर समुहका पार्टि कार्यकर्ताहरु कुनै पनि कार्यकारी समितिमा बस्न नपाउने गरि विधान मस्यौदा संशोधन गरेको छ । आगामि महिना हुने राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा पेश गर्न तयार पारिएको विधान मस्यौदामा यस्तो प्रस्ताव गरिएको सचिव पोख्रेलले जानकारी दिनुभयो । साथै स्थायि समितिको बैठकले आठौं महाधिवेशनले पारित गरेको पार्टिको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद, लेलिनवाद तथा जनताको बहुदलिय जनवादको कार्यदिशा यथावत राख्ने निर्णय गरेको छ ।