काठमाडौं,माघ ५ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तबाट केशब स्थापितलाई हटाएको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले आयुक्त स्थापितलाई हटाउने निर्णय गरेको हो । उहाँको ठाउँमा मन्त्रिपरषद्ले योगेश्वरकृष्ण पराजुलीलाई पाँच वर्षका लागि आयुक्तमा नियुक्त गरेको छ । स्थापित गत बैशाखमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको विशेष पहलमा आयुक्तमा नियुक्त हुनुभएको थियो । स्थापितको कामको मुल्याङकन गर्न गठित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव कृष्णहरि बास्कोटा नेतृत्वको समितिले बुझाएको प्रतिवेदनको सिफारिसको आधारमा स्थापितलाई सरकारले हटाएको हो । समितिले नौ महिनासम्म आयुक्तको रुपमा स्थापितको काम सन्तोषजनक नरहेको प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्री भट्टराईले स्थापितको कामप्रति असन्तुष्टि जनाउदै पटक पटक मौखिक रुपमा राजिनामा माग्नु भएको थियो । तर स्थापितले आफुले राजीनामा नदिने अडान राख्दै आउनु भएको थियो ।
हाम्रो देसमा धेरै योग्य मान्छे हरु छन्, एउटाले काम सन्तोषजनक गरेन भने अर्को इमान्दार र योग्य लाउनु पर्छ !
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको यो नीति राम्रो लायो ? यदि यसरि नै सबै बेमान र आलटाल गर्ने कर्मचारी हरु फाल्ने हो भने, नेपालको रुप राम्रो हुन्थियो!
राम्रो कम गर्नेलाइ सम्मान गरि नराम्रोलाइ खारेज गर्ने बनि हामी सबै नेपालीले बनाए, नेपाल कसो नबन्ला ?
Well-loved. Like or Dislike:
93
0
पराजुलीको कार्य दक्ष्यता र इमान्दारिता हेरे पछि थाहा हुन्छ स्थापित किन हटाइए भनेर, हचुवाको भरमा मुल्यांकन गर्नु र मख्ख पर्नु अलि हतार हुने हो कि ????????????
मन परे हरियो, नपरे रातो
14
50