यूरोपेली युनियनले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सहयोग नगर्ने चेतावनी

काठमाडौं,माघ ५ । यूरोपेली युनियन, स्वीजरल्याण्ड र नर्वेले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने गरी गठन हुने सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजी सम्बन्धी आयोगलाई सहयोग नगर्ने चेतावनी दिएपछि एकीकृत नेकपा माओवादीले उनीहरुसँग भलाकुसारी थालेको छ । बाबुराम सरकारले गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नहरुलाई समेत आममाफी दिने किसिमको आयोग गठनका लागि राष्ट्रपति समक्ष अध्यादेश पठाएपछि दाता राष्ट्रहरुले विहिबार कडा चेतावनीसहित आपत्ति जनाएका थिए । युरोपेली देशहरुको आक्रोश शान्त पार्न प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ती देशका राजदुतहरुसंग शुक्रबार सामुहिक छलफल गर्दै हुनुहुन्छ । युरोपेली देशहरुले मानवअधिकार हनन् गर्नेहरुले कुनैपनि वहानामा छुट पाउन नसक्ने भन्दै पछिल्लो समयमा नेपालमा उठेका आवाजहरु प्रजातन्त्र, शान्ति, मानवअधिकारका लागि भएको स्पष्ट पारेका छन् । महिला हिंसा विरुद्ध आवाज उठिरहेको बेला पत्रकार डेकेन्द्र थापाका हत्याराको अनुसन्धान रोक्न सरकारले आदेश दिएको सन्दर्भमा दाता राष्ट्रहरुले आफ्नो धारणा स्पष्ट पारेका हुन् । युरोपेली युनियन अन्तर्गतका डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, युके तथा नर्वे र स्वीजरल्याण्डले नेपालको बर्तमान सत्ताको प्रयासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मात्रै नगरी शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने आधारभूत विषयलाई नै कमजोर बनाउने बताएका छन् ।

 

2 Responses to “यूरोपेली युनियनले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सहयोग नगर्ने चेतावनी”

  1. १–अबो के हुन्छ नेपाल मा// १४ वर्ष मा बल्ल तल्ल मयोबदीलाई फकाएर जंगल बाट घरमा बास baseka छन् .अनि ४ वर्ष को un mission को रोवरमा नेपाल सरकार र मयोबदिको शान्ति सम्झौता भै मायोबढीको भालतंग भुल्तुंग सेनाहरुलाई camp सिबिर मा राखेर हतियार कन्टेनरमा बुझाएका हुन्//यो कुरा नेपाली जनतालाई थाह्नै छ/ सेना समेयोजना को कुरा मात्रै मिलेको थिएन जति बेला UN mission नेपालमा हुन्जेल,//.
    २- १४ वर्ष भित्र मयोबदी जंगल को बास तर अफ्नोई घरको नास नगरेका होइनन इनिहरुले //धेर्रै नेपालीहरु अनाहकमा मारे अन्तमा अफ्नोई राष्ट्रको नेपाली सेना दाजु भाई संग उल्टो लडाइ लडे,/दुवै तर्फ़ आफ्नै दाजु भाई सन्तान मारे, हजारों नेपाली महिला आमा बाबु दिदि बहिनि दाजु भाई छोरा छोरी लोग्ने सुवास्नी को बिल्ली बाट भयो //,आखिर लडाइ कसले जित्यो त? लडाइ नत मायोबदिले जित्यो/ नत नेपाल सरकार /नत नेपाली जनताले /// तर आखिर जित भयो कसको // त्योही मौकामा फाइदा उठाएर बिहार तिर बाट सुटुक्क नेपाल छिरेका bhaiya जी हरुको मात्रै भयो //किनकि हिजो सम्म darvhanga जिल्लामा बसो बास गर्ने मान्छे आज उनका तिन पुस्ते परिवार सबैको हातमा नेपाली नागरिकता पस्स्पोर्ट,,छ, जसले नेपाली भाषा बोल्नु सम्म जान्दैन उ नै नेता देखि मन्त्रि सैन्र्टी सबै ठाउँ capture गरेका छन् .कसले के गर्नु सक्छ,?
    ३-मयोबादी दण्ड काल को घाऊ कसले बिर्सनु सक्छ र?,त्यो निर्दोष श्रीमान अफ्नोई अगाडी खुकुरीले रेटीदा/,छोरा छोरीको अगडी अफ्नोई बाबु दाजु भाई दिदि बहिनि या आमा मारिदा,या मरान्सन हुने गरि कुटिदा.//आफ्नो जन्म थलो घर बाट लखेटिदा, अफ्नोई छोरा छोरी सुवास्निको साथमा बसेर पाकेको भात खानु लाग्दा जबर्जस्ति अपहरण गरि तिन्नै परिवारको अगाडी मारिंदा hos या चितौन माडीको bus bomb ल़े उदौड़ा,ति निर्दोष बालख र आमाको मिर्तुले बाच्ने तिनका सन्तान हरुलाई कस्तो भयो होला, ajja सम्म पनि ति बालख र आमाको अनुहार मानश पटल बाट हटेका छैनन् //तिनी हरुको के गक्लती थियो र तेसरी मारिनु पर्ने, //यसको जवाब कसैले दिन सक्छ,,,जो तिनीहरुको रगत को होलि खेलेर सत्तामा आशिन हुन पुगेका नेपाल राष्ट्र हक्कने प्रमुख देखि सबै नेता हरुमा यो प्रस्नको जवाब खोज्दै छु, //
    ४-अन्तमा हाल दण्ड काल का अपराधीलाई मानब अधिकारबादी या उनका आफन्तको तर्फ़ बाट सजाए हुनु पर्छ या छाती पूर्ति पाउनु पर्छ भन्ने कुरा ठिक्कै हुन्// हो, नेपाल मा मानब अधिरा हनन को कुरा लिएर आगोको जुवाला जस्तै सल्किएर डडेलो लाग्दैछ,,,,
    ५-तर यसको समाधान भनेको पनि त हुनु पर्यो नि किनकि आगोमा घिउ थप्ने काम मात्रै गर्नु भएननि// सबै नेपाली जनता या यस बिसैमा सरोकार वाला र नेपाल सरकार बसेर, जलेको आगोलाई जसरि पनि पानी हालेर निभाउनु पर्छ, भन्ने हुनु पर्यो ,हजुर,,,,यो समस्या सबै नेपाली जनताको हो भनेर बुझ्नु पर्छ आगो सल्काउने काम मात्रै गरेर छोड्ने होइन नि किन कि तपाइले सल्काएको आगोले तपाइलाई पनि भोलिको दिनमा पोल्न सक्छ.. //तेसकारण मुक्खेत यो बिसयमा नेपाल सरकारले गम्भीर भएर जनताको पिडा बुझी जे जत्ति सकिन्छ पिडित परिवार लाई उछित छती पूर्ति दिएर छिट्टै समस्या मिलाउनु पर्छ,,यो नै अति उत्तम उपाए हो,सबै नेपाली जनताको लागि //अनि नेपाल शान्ति हुनु पर्छ, तर तपाई मयोबादी साथी हरु खाली जनतालाई डर धाक देखाएर फेरी जंगल पस्छु र ठिक पार्छु भनेर अबो तो सपना देख्न छोड्नु होश //better राम्रो राम्रो काम गरेर जनताको चित्त बुझाउने काम गर्नु नै बेस होला/ प् बाबुराम र प्रचण्ड तपाई हरुले हात महात्मा गान्धील़े जस्तै हात जोड़रे पिडित परिवार संग छमा माग्नु भयो भयो जनताको लागि तपाई हरु महान हुने छ..//,,
    ६–यूरोपेली देशले नेपालमा मानब अधिकार हनन गर्नेलाई कारबाही नगरे नेपाल लाई सहयोग नगर्ने धम्कि दिनु. नेपालको लागि,काग कराउदै गर्छ पिना सुक्दै गर्छ barabar हो,,हुनत गरिब देश भनेर हेपेर बोलेको हो.पक्का,100 % यसमा नेपाल ल़े डराउनु पर्ने केहि देख्दिन,// किनकि हाल सम्म नेपाली जनतालाई बिदेशी हरुले काममै नगरी टीमहरुलाई बसी बसी खानु भनेर एउटा मिठाई सम्म बाडेको थाहा छैन //भने ति साला खैरेले जे बोले पनि हुने वाला छैन,नेपाल मा //,संसारमा तेस्को मात्रै देश नेपाल लाई हेल्प गर्ने त होइन होलानी./साला chamchhe हरु ,,संसारलाई थाहा छ यूरोप देशले १/ 2 world war देखि हाल सम्म लाखौ एशिया अफ्रीका देश का जनता मारे अरबौ खर्ब डोल्लर सम्पति लुटेर यूरोप पुर्याए,अबो तेस्को पो हिसाब किताब खोज्न को लागि उसैले पालेका हुमन right ल्याएर छती पूर्ति एसिया र अफ्रीका देशले लिने हो भने इनिहरु भोलि जोगी भएर अर्काको देशमा भिक् माग्नु जानु पर्छ,// ,खैरे/ आफ्नु आंग मा भैशी चढेको नदेख्ने अर्काको आंग मा जुम्रा हिडेको देख्ने दुघ को साची चोर बिरालो,,खैरे- 7 -please नेपाल सरकार नेपाली सेना कर्नेल लामा लाई जसरि पनि बेलाएत बाट निकालेर नेपाल फिर्ता गर्ने र उसलाई अबो कर्नेल बाट brigadier पदमा प्रमोशन गर्नु पर्छ,र यूके को खैरेलाई देखाएर छाड्नु पर्छ,,,झिंगा को रिसले दिन्गा मर्नु पर्छ, किनकि खैरेले नेपाल राष्ट्रलाई direct attack गर्यो, जय नेपाल,जय नेपाली जनता,, ..
    ,,

    Well-loved. Like or Dislike: Thumb up 89 Thumb down 1

  2. ambar raj chapagain says:

    यूरोपेली यू निओन ले गरको निर्लाया ठिक हो . किनकि आफ्नो विचार सग अरुको विचार मिलन भंदय्मा यातना दिन मान्छ मर्न गलत हो .

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 47

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)