प्रेस युनियनले थापा हत्याको कारवाही प्रक्रिया रोक्न दिएको निर्देशनको प्रतिवेदन सार्वजनिक गर्दै

काठमाडौं,माघ ५ । नेपाल प्रेस युनियनले डेकेन्द्रराज थापा हत्याका अभियुक्तलाई प्रधानमन्त्री तथा महान्यायाधिवक्ताले कारवाही प्रक्रिया रोक्न दिएको निर्देशनको स्थलगत अध्ययन गरी आज प्रतिवेदन सार्वजनिक गर्दैछ । युनियनका उपाध्यक्ष हेमन्त काफ्लेको संयोजत्वमा गठित ५ सदस्यीय टोलीले दैलेख पुगेर तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । युनियनको कार्यालय थापागाउँमा दिउँसो १ बजे उक्त प्रतिवेदन सार्नजनिक गर्न लागिएको हो । हत्याका अभियुक्तहरुले थापालाई हत्या गरेको स्वीकार गरी गरेको अवस्थामा पनि प्रधानमन्त्री बाबुराम भट्टराई तथा महान्यायाधिवक्ता मुक्ति प्रधानले उनीहरुलाई कारवाही भए शान्ति प्रक्रिया भाँडिने भन्दै प्रक्रिया रोक्न निर्देशन दिएका थिए । उनीहरुले सत्य निरुपण आयोगले युद्धकालका घटनाको समाधान गर्ने तर्क दिँदै आएका छन् ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)