चट्याङ लागेर एक सैनिकको मृत्यु

डोटी,माघ ५ । डोटीमा शुक्रबार बिहान चट्याङ लागेर एक सैनिकको मृत्यु भएको छ । डोटी सिलगढीको भैरबगण अन्तर्गत नेपाल टेलिभिजनको टावर सुरक्षार्थ खटिएका २६ बर्षिय प्युठ गणेश तिरुवाको ज्यान गएको भैरबगण डोटीले जनाएको छ । डोटीमा बिहीबार रातीदेखि चट्याङ र मुसलधारे वर्षा भइरहेको छ । वर्षाका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् भने वस्तुभाउ गोठमा लैजान पनि मुश्किल परेको छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)