राजधानी लगायतका ठाउँमा हिउँदको पहिलो वर्षा

काठमाडौं,माघ ५ । राजधानी लगायत देशका अधिकांश ठाउँमा शुक्रबार यस वर्षकै हिउँदको पहिलो वर्षा भएको छ । पुसको अन्त्यतिर माइनसबाट ओरालो लागेको काठमाडौंको तापक्रम माघ लागेपछि क्रमशः तात्दै गएका समयमा परेको पानीले केही दिन फेरि चिसो वढ्नेछ । विहानैदेखि उपत्यकामा बदली हुँदा मौसम चिसिएको छ । जनवरी महिनामा औसत १४ मिलिमिटर वर्षा हुने गरेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांक भए पनि यो वर्ष अहिलेसम्म वर्षा भएको थिएन । डिसेम्बरमा उपत्यकामा १५ मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष वर्षा भएन । सन् १९९६ मा यही महिना सर्वाधिक ६२ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

 

One Response to “राजधानी लगायतका ठाउँमा हिउँदको पहिलो वर्षा”

  1. dhan says:

    कहिले काही सुभ खबर भनाइ दिन६अ प्रकिर्ती ले पनि पानी पर्नु राम्रो हो

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)