पत्थरीको अप्रेशन गर्न आएकी महिला अस्पतालमा परिसरको एक रुखमा झुण्डिएर आत्महत्या

पत्थरीको अप्रेशन गर्न आएकी दोलखा जिरी ३ की निरमाया जिरेलले आज बिहान चार बजे ललितपुरको पाटन अस्पताल परिसरको एक रुखमा झुण्डिएर आत्महत्या गरेकी छन् । माघ ३ गतेदेखि दिशाघर बाहिर आउने समस्याको उपचार गराइरहकी जिरेलले के कारणले आत्महत्या गरेकी हुन् भन्ने खुलेको छैन । उनको पुस १९ गते पाटन अस्पतालमा दिशा घर बाहिर आउने समस्याको पहिलो पटक शल्यक्रिया भएको थियो । रोगको उपचारका लागि उनी माघ ३ गते अस्पताल भर्ना भएकी थिइन् । जिरेलको आर्थिक अवस्था कमजोर भएकै कारण उनको उपचार खर्च एक सामाजिक संस्थाले ब्यहोर्दै आएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

4 Responses to “पत्थरीको अप्रेशन गर्न आएकी महिला अस्पतालमा परिसरको एक रुखमा झुण्डिएर आत्महत्या”

  1. ganga b grg says:

    यस्ता अर्थ्रिक अवस्त कम्जोर भएको नेपाली लै पूर्व प्रधान मन्त्रि सुर्य बहादुर थापा जस्तो ले मदत गर्नु पर्छ.पंचायत काल मा भू माफिया बाट कमाएको बर्मलुट सम्पति के गर्नी? मिति पुग्न लागिसक्यो.

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 1

  2. R Pandey says:

    उस्ले आत्महत्या गर्नुमा पूर्ण रुपमा लोग्ने जिम्मेवार छ. लोग्नेको नराम्रो बेवहार र बानीबेहोरा देखि वाक्क दिक्क लागेर आत्महत्या गरेको देखिन्छ किनभने होस्पितल जस्तो ठाउमा पनि रक्सि पिएर आउने र स्वस्निसंग झगडा गर्ने ? लोग्नेको बानी राम्रो देखिदैन.

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 2

  3. Shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु
    भगवान ले सबैको कल्लन गरुन
    जय नेपाल

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

  4. roxzone says:

    आयो टप्प टिप्प्यो र लग्यो टारेर टरेना दैबको यो लिला

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)