मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

झापा,माघ ६ । झापाको गौरादहमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पाडाजुङ्गी गौरिगञ्ज सडक खण्डको गौरादह २ सीतापुरीमा को १३ प ८५५४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे २ प ९२० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भई दमकस्थित लाईफलाईन अस्पतालमा उपचार गराउने क्रममा गौरादह ८ का ४२ वर्षीय दीपेन्द्र बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)