सचिवद्वारा भत्तामा अनियमितता गरेको फेला

काठमाडौं,माघ ६ । बारा र पर्साका दुईजना गाउँ विकास समितिका सचिवले सामाजिक सुरक्षा र वाल संरक्षण भत्तामा अनियमितता गरेको फेला परेको छ । मन्त्रालयको जिम्मेवारी समेत पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको निर्देशनमा बारा र पर्सा पुगेको मन्त्रालयको टोलीले अनियमितता फेला पारेको हो । अनियमितता गर्ने गाविस सचिवलाई कारबाही अगाडि बढाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता प्रेमकुमार श्रेष्ठले अनियमितता फेला परेको र टोलीले आइतबार मन्त्रालयमा प्रतिवेदन बुझाउने बताउनुभयो । पर्साको बहुअरिपिडारी गाविस सचिव बिन्दाप्रसाद साहले ४६ जना एकल महिलाको एक लाख ६१ हजार रुपैयाँ किर्ते भरपाई बनाएर अनियमितता गरेको पाइएको छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)