एमाओवादी कास्कीको सम्मेलन आजदेखि

पोखरा,माघ ६ । एकीकृत नेकपा माओवादी कास्कीको पाचौं अधिवेशन शनिबारदेखि पोखरामा सुरु हुँदैछ । सम्मेलनमा सहभागि हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शिर्ष नेताहरु शनिवार पोखरा जाँदै छन् । सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । २२ बर्षपछि हुन लागेको सम्मेलनको पहिलो दिन शनिबार जनप्रर्दशन सहित उद्घाटन गरिने र आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गरिने एकीकृत नेकपा माओवादी कास्कीले जनाएको छ । सम्मेलनले माघ २० गते देखी हेटौडामा हुने पार्टीको महाधिबेशनका लागि कास्की जिल्लाबाट २७ जना महाधिबेशन प्रतिनिधी निर्बाचित गर्नेछ । महाधिबेशनमा कास्कीमा रहेका माओवादीका पाँच हजार तिन सय पुर्ण सदस्य मध्ये दुइ सय पार्टी सदस्य बराबर एक जना महाधिबेशन प्रतिनिधी चयन गरिने बताईएको छ । सम्मेलनअघि शुक्रबार सहिद, वेपत्ता, घाइते योद्धा तथा ऐतिहासिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । महाधिवेशनमा आयोजक, प्रतिनिधि र पर्यवेक्षक गरी करिव ७ शय १० जना सहभागी हुनेछन् ।

 

One Response to “एमाओवादी कास्कीको सम्मेलन आजदेखि”

  1. John says:

    लौ लौ बधाई छ एमोवादी का पार्टी हरु लाइ देश लाई अघि सहि मार्ग मा लानु

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)