दैलेख, माघ ६ । पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरणमा १५ जनाको संलग्नता रहेको खुलेको छ । सुरुमा चारजनाविरुद्व किटानी जाहेरी परेपनि पक्राउ अभियुक्तसँगको बयानका आधारमा पछिल्लो समय थप ६ जना हत्यामा संलग्न रहेका प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरीले घटनामा चार किसिमको संलग्नता रहेको विश्लेषण गरेको छ । अपहरणमा तीन, शरीरबन्धकमा दुई, यातना तथा हत्यामा ९ र आदेशमा एक व्यक्ति संलग्न रहेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले हालसम्म पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुरुमा पक्राउ परेका लक्षीराम घर्तीमगरको बयानका आधारमा प्रहरीले थप चारजनालाई पक्राउ गरेको थियो । किटानी जाहेरीका नाममध्ये बमबहादुर खड्का अरुण, बमबहादुर खड्का मुक्ति र केशव खड्का फरार छन् । पछि खुलेका अन्य ६ जनाको नाम भने गोप्य राखिएको छ । प्रहरीले हिरासतमा रहेका पाँचजनाले दिएको सूचनाको आधारमा अनुसन्धानको दायरा फराकिलो पार्दै अपहरण तथा शरीरबन्धक, यातना तथा हत्या र आदेश दिनेको छुट्टाछुट्टै अनुसन्धान थालेको थियो । संलग्नता खुलेकाहरु कैलाली, बाँके, बर्दिया, सुर्खेत र काठमाडौंमा रहेका प्रहरीको भनाइ छ ।
पछि खुलेका अन्य ६ जनाको नाम पनि सार्बजनिक गर्नु पर्छ
सबै लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्छ
Well-loved. Like or Dislike:
872
407
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
241
669
किन १५ जना मात्र सिङ्गै पार्टी को सलग्नता ६ त्यसमा म पनि पर्छु म नि जनयुद्ध म लागेको थिय सक्छ भने सिङ्गै पार्टी लाई जेल मा हालोस न
मन परे हरियो, नपरे रातो
0
5
त्यो १५ जना लाइ पनि त्यसोरी नै गाड्नु पर्छ चोर हरु लाइ
Well-loved. Like or Dislike:
701
303
*** माओबादीचोर हरु…………..माओबादी नामको कलङ्क लाई यो देस बाट सिधै उखाल्नु पर्छ अनिमात्रै शान्ति हुन्छा/
Well-loved. Like or Dislike:
522
165