दैलेखबाट सरकार विरुद्ध आन्दोलनको उद्घोष

दैलेख,माघ ६ । सरकार विरुद्ध आन्दोलनको उद्घोष गरेका कांग्रेस–एमालेसहितका विपक्षी दलहरुले शनिवार दैलेखबाट आन्दोलनको शुरुवात गर्दैछन् । पत्रकार डेकेन्द्रराज थापाको हत्याको विरोधमा दैलेखको सदरमुकाममा विरोधसभा गरी दलहरुले सडक आन्दोलन सुरु गर्न लागेका हुन् । दुई महिनासम्म राष्ट्रपतिसँग पटके म्याद लिएर सत्ताघटकहरुसँग छलफल गर्दा पनि सहमतिमा बन्न नसकेपछि वर्तमान सरकारको विरुद्धमा विपक्षीहरु आन्दोलनमा उत्रिएका हुन् । विपक्षीहरुले माघ २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । दैलेख सदरमुकाममा हुने सभामा एमाले उपाध्यक्ष वामदेव गौतम, कांग्रेस नेता डा। रामशरण महतलगायत नेताले संबोधन गर्ने बताइएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

21 Responses to “दैलेखबाट सरकार विरुद्ध आन्दोलनको उद्घोष”

  1. John says:

    यो आन्दोलन आन्दोलन ले दिकै बनायो गरि हल बाबुराम लाइ निकाली हाल आफ्नु घर मा पठाई हाल सक्छौ भने किन जनता लाइ फसौन्छौ नेता हरु मो श्याबस भन्ने छु

    Well-loved. Like or Dislike: Thumb up 358 Thumb down 224

    • kumar says:

      विपक्षी गठबन्धनले सहमति गरेर वर्तमान समस्याको गाँठो फुकाउन खोजेका हुन् वा सधैँ मानव अधिकारको कुरा गरी नथाक्ने डलरजीवीलाई परिचालन गरेर युद्धकालमा भएका घटना ब्युँताई कानुनी शासनको हवाला दिई माओवादी कार्यकर्तालाई जेल हाल्ने र मुलुकलाई फेरि युद्धतर्फ धकेल्न खोजेका हुन् । पछिल्लो घटनाक्रमले यही पुष्टि गरेको छ । कांग्रेस र एमालेको सत्तामोहले देश आज यो अवस्थामा पुगेको हो । ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र प्राप्त भए पनि कांग्रेस र एमाले जनतामुखी कामभन्दा पनि सत्ता टिकाइराख्ने काममा लागिपरे । प्रजातन्त्र बहालीपछि परिवर्तनको झिनो आस बोकेका जनता खुसीभन्दा पनि उनीहरूको गतिविधिका कारण निराश बन्दै गए । प्रजातन्त्र प्राप्तिपछि पनि जनताका समस्या ज्यूँकात्युँ रहे । त्यसैलाई मुद्दा बनाएर माओवादीले जनयुद्ध सुरु गरेको हो ।
      माओवादी गतिविधि तीव्र रूपमा बढेपछि सरकारमा रहेका कांग्रेस, एमालेले नै प्रचण्ड, बाबुरामलगायत माओवादी नेताका टाउकाको मूल्य तोकेका थिए । माओवादीलाई समाप्त पार्ने नाममा मुलुकमा संकटकाल लगाएर सोझा जनतालाई बेपत्ता पार्ने, ज्यान मार्ने र निमुखालाई दुःख दिनेबाहेक केही गरेनन्, उनीहरूले । एमालेसहितको तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादी नेताको टाउको काटी ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्‍यो । उता माओवादी गतिविधि चर्कंदै गएपछि कांग्रेस र शेरबहादुर देउवा सरकारबाट असन्तुष्ट बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले ०५९ असोज १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गरी देउवा नेतृत्वको सरकार विघटन गरिदिए ।

      Well-loved. Like or Dislike: Thumb up 640 Thumb down 179

    • Yes go for it you loosers. Nepalese prople are not that dumb anymore to help u mofos out on ya stupid strike.

      Well-loved. Like or Dislike: Thumb up 104 Thumb down 2

  2. magar says:

    नेपाल मा छिटो भन्दा छिटो अर्को क्रान्तिको अब्स्यक्ता छ त्यो जातिया क्रान्ति जसले सक्छ त्यसले मार्छ जसले सक्दैन त्यो मर्छ कि त देश छोडेर भाग्छ अब को अन्तिम लादै यसरि लड्नु पर्छ कम्तिमा पनि १ करोड मान्छे मरुन ५० लाख जति ले देश छोडेर भागुन अनि मात्र देश मा शान्ति आउछ

    Hot debate. What do you think? Thumb up 299 Thumb down 374

  3. babu lama says:

    जे जे गर्न मन लग्छ गरे हुन्छा, २,४ जना झोला बोक्ने कर्येकर्ता आउने त होनी आन्दोलनमा, अब जनता पहिलाको जस्तो सोझा छैन, सबैले बुजेका छन् चाहे सरकारले गरुन, चाहे बिपक्छिले…………..

    Well-loved. Like or Dislike: Thumb up 783 Thumb down 121

  4. umakant dhital says:

    यो सब कसको लागि गरेको हाम्लाई थाहा छ ..

    Well-loved. Like or Dislike: Thumb up 530 Thumb down 0

  5. deg limbu says:

    दैलेख बाट सरकार हटाउने अवियाँ रे ,अबत डेकेन्द्र काण्ड यौटा अर्को राजनीति को घिनौना खेल भएको स्पस्ट भयो होलानी त्यसैले नेता को पछि नलागौ मात्रै उनीहरुको भरौटे पोस्ने काम मात्रै हो अनि आफु कुर्सीमा जाने बाटो बनाउने
    जनतालाई संबिधान नबनेको मा सडक मा किन उतरियेन?
    देश मा भ्रस्टाचार बिरुद्द किन जनतालाई सडक मा उतरियेन र अहिले सरकार ढाल्नलाई किन जनतालाई सडक मा उतरिदैछ ?
    ज्ञनेन्द्र ढाल्न पनि त जनतालाई नै सडक मा उतारिएको थियो तर खैत , आज केहि परिबर्तन भयो ? यसरि त्रन्त्र र सरकार ढाल्न लाई सडक मा ओर्लेर केहि परिबर्तन हुदैन , विकास अवारोद बिरुद्द , देश को सिमा भारत ले मिचेको बिरुद्द , भ्रस्टाचार बिरुद्द , महिला हिंसा बिरुद्द जनता सडक मा ओर्लिओउ अनि मात्र देशले बिकासको बाटो पहिल्याउने छ . नत्र भने जुनै तन्त्र आए पनि हामी कहिल्यै बिकासको बाटो भेट्ने छैनौ . साच्चै नै हामी नेपाली जनता बिस्वकै २१ चेन्तुरी को मुर्ख मान्छे हौ जय पशुपथिनाथ ……..

    Well-loved. Like or Dislike: Thumb up 695 Thumb down 12

    • prem pokhrel says:

      i am impressed with ur openion shesh laoti ji..i really do…and i am really happy with ur awareness ..i wish all neutral nepalese people can have this vision to look at the nepal.s situation right now…

      Well-loved. Like or Dislike: Thumb up 116 Thumb down 0

  6. Bikash says:

    यो आन्दलोंन ma मान्छे हरु किन गएको होला बा अचम्म छ yaar ajai bujeko chaina nepal ko sojo sojo janata हरु le

    Well-loved. Like or Dislike: Thumb up 263 Thumb down 0

  7. dhan says:

    नेपाली राजनीति पार्टी lahai सरम छैन सधै अन्धोलन र वन्ध गर्न / देश को बिकाश र जनता को सुरक्षा को त ख्याल नै छैन /

    Well-loved. Like or Dislike: Thumb up 389 Thumb down 2

  8. चुनावका बेला जनताको धोति समाउन जाने अनि कुर्सि पाए पछि तिनै जनतालाई भडकाउने ठुटे नेताहरुको गोबर भरिएको खोपडीमा जब सम्म गिदी भरिदैन तब सम्म देशले निकाश पाउदैन

    Well-loved. Like or Dislike: Thumb up 494 Thumb down 0

  9. Shesh laoti says:

    “फलामलाई तातेकै बेला हतौरा लाउनु पर्छ, आफुले चाहेको आकार दिन” यतिसम्म ज्ञान चाहीं विपक्ष दलहरुलाई पनि रहेछ / सायद त्यसैले त सरकार ढाल्ने आन्दोलन शुरु गरे त्यो पनि दैलेखबाट / विचरा ! माओबादीले सत्ता छोडिदेलार खाउँला भन्दा भन्दा आफ्नो पुर्खाहरु भेट्न जानेबेला भइसक्यो छोड्ने छाँटकाटनै छैन आन्दोलन त गर्नै पर्ने भयो / यति राम्रो अबशर emotional blckmail गर्ने मौका फेरि फेरि आउला नआउला त्यसैले आन्दोलन शुरुगरौं “दैलेखबाट, डेकेन्द्रको गाउँबाट” /

    सम्पूर्ण देश प्रेमी नेपाली जनताहरु हामीले साचिनै गहिरिएर राजनीति समिक्षा गर्ने दिन आएको छ/ राजनीतिक दलहरुको धारणा के छ देशप्रति, कुन पार्टी के गर्दैछ, कुन पार्टी के बोल्दैछ-गहिरो सोच विचार गरेरमात्र कदम उठाउनु पर्छ किनकि देश बचाउन हामी साधार नागरिकको पनि उतिनै दाइत्व हो जति एउटा नेताको हुन्छ / त्यसैले बुझ्दै नबुझी कुनै नेताको भनाइमा बहकिन हुन्न / म आफै कुनै पार्टीसंग आबद्द छुइन तर पनि नेपालको राजनीतिक इतिहास, पार्टीहरुको मनो-आकांक्षा राम्रोरी बुझेको छु / अहिले बिपक्क्ष दलहरुले माओबादी पार्टी लाई जुन अभियोग लगाइ रहेका “जनजातिहरुको काँध टेकेर सत्ता चलाउन खोजिरहेको छ, श्रीपेच नलगाई एकलौटी शासन चलाउन खोजिरहेको छ” यहि भनाइलाई गहिरिएर बुझ्ने हो भने काफी छ कुन पार्टीको धारणा के छ भनेर / हो माओबादी पार्टीले आफ्नो एउटा खुट्टा जनजाती, मधिशे, दलित, सोसित महिला, लिङ्गहरोको काँधमा टेकेर सत्तामा पुगेको हो किनकी माओबादी पार्टीलाई राम्ररी थाहा छ एउटा खुट्टाले मात्र हिड्न गह्रो हुन्छ / अर्को अर्थमा; एउटा बाउको ५ भाई छोरामा दुइ भाइ साहु तीन भाई भिकारी भए भने त्यो परिवार कदाचित आदर्षित या मर्यादित हुन सक्दैन अर्थात् देश बिकाशको लागि त्यो देशको सबै नागरिक जाती, जनजातीहरुको समान बिकाश र दक्क्षताको आवश्यक पर्छ भन्ने कुराको राम्रो ज्ञान माओबादी पार्टीलाई छ भने अन्य पार्टी यसमा सुन्ना फरक यसैमा परिगो / स्मरण रहोस नेपालको सबै जाती जनजातीहरुमाथि हेर्ने माओबादीको दृष्टिकोण एकैछ / दोस्रो कुरा, हिजो संबिधान सभाको अबसान किन भयो कारण जातीय पहिचान सहितको संघियताको बिषयमा बिपक्क्ष दलहरुले उल्टो अर्थ लगाई जातीय दंगा भर्काउने काम माओबादीले गर्न आटयो भनेर उही अकात्मक्बाद लाई कायम राख्न आफ्नो हठ नछोडनाले ४ बर्ष सम्ममा पनि सहमति हुनसकेन / जुन कुरा अपहार्य छ, जबसम्म देशमा सबै जात जातिको समान सम्मान, पहिचान र बिकाश हुदैन तब सम्म सर्वान्गिन देश बिकाश सम्भव हुदैन / यो कुराको जानकारी माओबादी पार्टीलाई छ अन्य लाई छैन-यहि फरक छ / त्यसैले सानो बालकले माग्यो भन्दैमा सबै चिज दी हाल्नु राम्रो हुदैन / माथिका कुराहरुको राम्ररी सम्झाई बुझाइ नगरी माओबादीले बिपक्क्ष दलहरुलाई सत्ता सुम्पिदिने वालाछैन / र सुम्पिनु पनि हुन्न !!!

    Well-loved. Like or Dislike: Thumb up 1288 Thumb down 16

  10. likpa jip says:

    सिङ्ग नभाको गोरु नेपाली जनता हो .कति गर्छौ आन्दोलन यी चोर नेताहरुको इसारामा .आन्दोलन गर्ने होइन रोक्ने कोसिस गर्नु यर्र्र्र्र्र दुइ दिन मात्र भए पनि खुसीले शास फेर्नु

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 1

  11. Babu says:

    हरे जहिले पनि अन्दोल्लन आन्दोलन कहिले पनि गर्न नदिने भयो कुनै पनि सरकार लाई.
    खेइ कुरा राम्रो गर्न लग्यो भने खुट्टा तान्ने प्रबित्री कहिले नजाने भयो नेपाल मा
    ठेई भएर नेपाल कहिले पनि उकालो लग्न नसकेको

    Well-loved. Like or Dislike: Thumb up 66 Thumb down 1

  12. Kishmat Sharma says:

    We don’t care whatever you do !!!all these political parties are formed to kill each other for their vested interest. You are never going to change buddy as bad things are in ur blood. You so called leaders might have some mental issues.

    Well-loved. Like or Dislike: Thumb up 61 Thumb down 1

  13. bharat says:

    हेर हामी जनता को दिमाक मा यी नेता भनौदा हरु ले अज्जै गोवर भर्दै छन् / आन्दोलन रे अब फेर नेपाल बन्ध हुने होला /ढुख कलाई जनता लाई नेता लाई त हेलेकोपटर छदै छ /

    Well-loved. Like or Dislike: Thumb up 176 Thumb down 1

  14. ganga b grg says:

    एमाले र काँग्रेस लै जनताले राम्रो बुझेको छ.यो भारत को दलाल हुन्,यस दल बाट नेपाल को भलो हुदैन ,सत्ता पाए राजा लै राष्ट्र परमुख गर्न सक्छ.यसको नीति सत्ता लिपि हो भाड मा जाओस नेपाल र नेपाली फिकर हुदैन. जब सम्म माओबादी कम्जोर हुदैन यिनी हरु चुनाब मा जादैन, प्रतेक कोण बाट हमला हुदै छ, देश र जनता को फिकर छैन, आरोप मात्र लगाउदै छ. कुनै पनि काम हुन दिएको छैन, सडक बिस्तार मा काठमाडौँ धुलाम्मे भएको छ तर बजेट पास हुन न दिदा के पैसा ले सडक बनौनी ,बाबुराम भारत मुखी हुन बाध्य भयो,भारत ले नाकाबन्दी गर्यो भने नेपाल मा हाहाकार मचिन्छ,देश र जनता लै राहत दिनी दल माओबादी काँग्रेस र एमाले ले गर्दा केहि हुन दिएन, हाल नेपाल मा भारत,काँग्रेस,एमाले, पत्रकार,सैनिक.निजामती कर्मचारी,सानो दल मिलेर चौतर्फी हमला भएको छ, यसरि देश ले निकाश पाउदैन. काँग्रेस एमाले को नैतिक छैन,सत्ता प्रेमी हैन देश प्रेमी बन्नुस.भारत को सहयोग मा सरकार बनौनी हैन नेपाली जनता को भोट मा सरकार बनाउनु होस्.बिगत को को चुनाब को मत लै आन्गीकरण गर्नुस नत्र तपाई देश बनौनी भन्दा देश बिगार्ने मा नाम इतिहास मा लेखिने छ.

    Well-loved. Like or Dislike: Thumb up 398 Thumb down 1

  15. Dal Thapa says:

    नेताहरुले कम्जोर, अशिछित र सोझा साझा जनता जहां छन् अनि उनीहरुलाई कसरि परिचालन गर्न सकिन्छ भन्ने राम्रो संग थाहा हुन्छ त्यसैले गर्दा दैलेख जिल्ला को सोझा साझा जनतालाई अनाहक मा मार्ने मराउने षड्यन्त्र गर्दैछन ! अहिले मुलुक को निकाश भनेको आन्दोलन होइन सहमति र सह कार्य हो ! सबै नेताहरु राष्ट्रिय एकता स्वाधीनता र मिलमिलाप को पछ्मा उभिएर कसरि हुन्छ छिटो राष्ट्र लाइ निकाश दिनु पर्ने प्रमुख कुरा हो ! जे जस्तो बहाना गरे पनि कुरा स्पस्ट छ केहि हुने खाने टाँठो बाठो जाति र वर्ग को हित स्वार्थ लागि कुरा नमिल्दा नै फेरी बिगत मा भएका शान्ति सम्झौता भंग गराउने षड्यन्त्र को खेल हुँदै छ ! बिपछी पार्टी मा रहिरहनु पर्दा र सत्ता मा हाली मलि गर्न नपाउनु को पिंडा को अर्को अर्थ मा बुझ्नु पर्छ हैन भने राष्ट्रको नेताहरु भएर किन जनता र राष्ट्र प्रति जिम्मेवार पाइन्दैन ?जनयुद्धमा मरेका हरु को अहिले आएर आफ्नु स्वार्थ पूर्ति हुन नपाउंदा बल्ल खोजिनु भनेको कति हास्याँस्पद र कसले पो नबुझेको कुरा हो र ? नेता हरु जति मुर्ख ,मतलबी ,भ्रस्ट बेइजति छन् आजका जनताहरु नेता भन्दा धेरै बुझिसकेका इज्जेतवाला पनि छन् त्यसैले यस्तो बेइजतिहरुलाइ नाङ्गो झार पार्दै जनता बाट नंग्याउनु पर्छ ! हामि जनतालाई सधैं आफु चड्ने भरेंग को रुप मा हेर्नेहरुलाई चिन्न र नियति बुझ्न सकेन भने हामीले आफुले गर्दा आँफै सजाय भोगेको अनुभब महशुस हुनेछ हामि जनता सचेत हुन जरुरि छ !

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  16. bipachi दल हरुले देशलाई fari youdha तर्फ़ dhalkhalna खोजको र जनताको आखामा खरानी हाली डलरको khaty गर्न खोजका हुन् ज vaya पने बाबुराम ले राजीनाम दिनु vanako देश बर्बादी तर्फ़ धखाल्नु हो

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  17. GANGA says:

    गणेशमान ले भनेको (नेपाली जनता भेडा हुन् ) यो कुरो साचो होत???
    येस्पाली देखिनेभो ,भेडा हुनकी अरु जनवार !!!!

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  18. Suraj says:

    यो कुरा जाइज छ तर होस गरौ है जन्ता जनर्दन यो कन्ग्रेस र ए माले चोर हरु पनि फ़ेरि हमिलाइ युज गर्छ अखिर तेहि हो कुनै मुला आए पनि केहि खुल्काउने भने होइन बरु युवा नेताहरुलाइ रोजौ एक चोटि

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)