शान्ति सम्झौताका कागज च्यात्ने पुष्पकमल दाहालको चेतावनी

पोखरा, माघ ६ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताबमोजिम दलहरु अघि नबढ्ने हो भने त्यसअन्तर्गत भएका सम्झौताका कागज च्यातिने चेतावनी दिएका छन् ।एमाओवादी कास्कीको पाँचौँ सम्मेलनको शनिबार उद्‌घाटन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई असफल पार्न चाहने जाली फटाहा र सामन्ती शोषकले देशलाई बर्बादीतिर लान खोजेको आरोप लगाए ।उनले जनता र पार्टी एकताले मात्र ठूला परिवर्तनको सम्भव हुने धारणा राख्दै यही एकताले नै देशमा ठूला ठूला पविर्तन र क्रान्ति नयाँ ढङ्गले अघि बढ्ने विचार व्यक्त गरे । दाहालले भने, ‘हेटौंडामा हुने पार्टीको महाधिवेशनले परिवर्तनलाई संस्थागत व्यवस्थापन गर्र्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने रणनीति तय गर्ने छ ।’फुटेर गएको नेकपा–माओवादीप्रति इङ्गित गर्दै उनले पार्टी विभाजनले प्रतिक्रियावादी र फटाहालाई हँसाएको बताए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

एमाओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालका विषयलाई एक एक गरी टपक्क टिपेर विस्तृत शान्ति सम्झौता भाँड्ने काम भइरहेको बताए ।द्वन्द्वकालमा  मान्छे मारिएका र बेपत्ता बनाइएका घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री  भट्टराईले कसैले जघन्य अपराध र मानवताविरुद्ध अक्षम्य अपराध गरेको रहेछ भने नियमकानुनअनुसार दण्डित गर्नुपर्ने धारणा राखे ।’केही व्यक्तिले केही मुद्दा षडयन्त्रमूलक ढङ्गले उचालेर केहीलाई विदेशमा गिरफ्तार गर्न लगाउने र  केहीलाई देशभित्रै बढाइचढाई कारबाही गर्नखोजेका छन्,’ उनले भने, ‘सरकारले कहिल्यै दोषीलाई कारबाही गर्नहुन्न भनेको छैन ।’पार्टीका अर्का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले तीन चार दिनभित्र राष्ट्रिय सहमति भयो भने मात्रै आगामी जेठ १५ गतेभित्र नयाँ संविधानसभाको निर्वाचन गर्न सम्भव भएको बताए ।

 

31 Responses to “शान्ति सम्झौताका कागज च्यात्ने पुष्पकमल दाहालको चेतावनी”

  1. prabin rai says:

    This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.

    Hot debate. What do you think? Thumb up 29 Thumb down 148

    • हितमान घले, लाप्राक गोर्खा says:

      Hidden due to low comment rating. Click here to see.

      Poorly-rated. Like or Dislike: Thumb up 67 Thumb down 460

      • prem pokhrel says:

        ur comment shows how mature u r bro…complaining always is not the solution..prentending like a wise person and a wise personis different i guess…nothing personal though…

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  2. kumar says:

    विपक्षी गठबन्धनले सहमति गरेर वर्तमान समस्याको गाँठो फुकाउन खोजेका हुन् वा सधैँ मानव अधिकारको कुरा गरी नथाक्ने डलरजीवीलाई परिचालन गरेर युद्धकालमा भएका घटना ब्युँताई कानुनी शासनको हवाला दिई माओवादी कार्यकर्तालाई जेल हाल्ने र मुलुकलाई फेरि युद्धतर्फ धकेल्न खोजेका हुन् । पछिल्लो घटनाक्रमले यही पुष्टि गरेको छ । कांग्रेस र एमालेको सत्तामोहले देश आज यो अवस्थामा पुगेको हो । ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र प्राप्त भए पनि कांग्रेस र एमाले जनतामुखी कामभन्दा पनि सत्ता टिकाइराख्ने काममा लागिपरे । प्रजातन्त्र बहालीपछि परिवर्तनको झिनो आस बोकेका जनता खुसीभन्दा पनि उनीहरूको गतिविधिका कारण निराश बन्दै गए । प्रजातन्त्र प्राप्तिपछि पनि जनताका समस्या ज्यूँकात्युँ रहे । त्यसैलाई मुद्दा बनाएर माओवादीले जनयुद्ध सुरु गरेको हो ।
    माओवादी गतिविधि तीव्र रूपमा बढेपछि सरकारमा रहेका कांग्रेस, एमालेले नै प्रचण्ड, बाबुरामलगायत माओवादी नेताका टाउकाको मूल्य तोकेका थिए । माओवादीलाई समाप्त पार्ने नाममा मुलुकमा संकटकाल लगाएर सोझा जनतालाई बेपत्ता पार्ने, ज्यान मार्ने र निमुखालाई दुःख दिनेबाहेक केही गरेनन्, उनीहरूले । एमालेसहितको तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादी नेताको टाउको काटी ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्‍यो । उता माओवादी गतिविधि चर्कंदै गएपछि कांग्रेस र शेरबहादुर देउवा सरकारबाट असन्तुष्ट बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले ०५९ असोज १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गरी देउवा नेतृत्वको सरकार विघटन गरिदिए ।

    Well-loved. Like or Dislike: Thumb up 8633 Thumb down 8018

    • vittu says:

      Hidden due to low comment rating. Click here to see.

      Poorly-rated. Like or Dislike: Thumb up 695 Thumb down 1213

  3. Rjun apakhrin says:

    च्यात्ने पर्ने हो स्यबश !!!!!!!!!!!!!!!!!!!!!कमले !!!!!!!!!!!!!!!!!!!!
    dislike गर्नेहरु सबै को बस नरकमा

    Hot debate. What do you think? Thumb up 170 Thumb down 266

  4. Mushtang hero says:

    यो कांग्रेस र एमाले दुबैलाई एक चोटी सबै जनताले जुत्ताको मल लाघयेरा सडक गुमाउनु पर्ने हो . न आफुले गर्छ , न त अरुलाई गर्न धिन्छा.

    Well-loved. Like or Dislike: Thumb up 812 Thumb down 115

  5. Kishmat Sharma says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 249 Thumb down 677

  6. yadu kasyep says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 22 Thumb down 478

  7. yadu kasyep says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 7110 Thumb down 8720

  8. हेम says:

    आज देशको अवस्था यस्तो हुनु नेपाली कांग्रेस र ने क पा ? (एमाले) कै कारणले हो भन्नुमा दुईमत रहेन । यी दुई पार्टीका कुनचाॅही नेता? त्यस्ता छन् जसले सबै दलहरूलाई सहमतीमा ल्याउन सक्छ? मा.कु.ने. , झलनाथ र देउवा देखेकै हो । शुशिल , राम चन्द्र र के.पी.ओली के कति कारणले बाबुराम भन्दा सक्षम छन् ? बाबुरामकै सरकारमा सबै सहभागी हुदा एमाले र कांग्रेसको के बिग्रिन्छ ? देशले धान्नै नसक्ने परिस्थिति भै सक्यो , यी दुई पार्टी आन्दोलनको कुरा गरि रहेछ । भयो अब आन्दोलनको धम्की नदेऊ कांग्रेस र एमाले – तिमीहरूको अबको आन्दोलनमा तिमीहरूकै झोले र भरौटेहरू मात्र आउनेछन् । जनताहरू तिमीहरूको सत्तामा जाने लिस्नो बन्न आन्दोलनमा कदापी आउने छैनन् । एक पटक आन्दोलनको घोषणा गरेर त हेर !!!!! कति जनता उतार्न सक्छौ ? अनि तिमीहरू आफैले थाहा पाउनेछौ ।

    Well-loved. Like or Dislike: Thumb up 8164 Thumb down 6533

  9. Tina says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 83 Thumb down 509

  10. likpa jip says:

    छबिलाल जी धेरै चेतावनी दिही राख्नु पर्दैन.फटा फट कागज चय्तने र सब चोरलाई लत्तै लातले हान्ने होइ मिलेर वाक्क बनायो यी चोरहरुले

    Well-loved. Like or Dislike: Thumb up 472 Thumb down 17

  11. Rabin Giri says:

    जब सम्म नेपालमा काँग्रेस र एमाले रहन्छन, हाम्रो देस नेपाल अघि बढ्न सक्दैन !

    किनकि

    १. उनीहरु संग न परिवर्तनको सोच छ, न बिकासको नीति छ , केवल छ त जनता भाड्ने, भ्रस्टाचार गर्ने, र आफ्नो नातागोता आफन्तलाइ कार्यकर्ता बनाइ, सचिब अनि मन्त्रिको जागिर खुवाउने सोच !

    २. संबिधान सबा र आर्थिक क्रान्ति इनिहरुको मन्त्र होइन, यो त जनतालाई आखामा छारो हाल्न मात्रै हो, इनिहरु न संबिधा चाहन्छन न परिवर्तन !

    ३. Dr. बाबुरामका नीति र योजन्हारू सफल भए, जनताले Dr भट्टराईलाइ सधै समर्थन गर्छन, र आफुले मन्त्रि हुन नपाइयेला भन्ने डरले इनिहरु Dr. भट्टराईलाइ कालो दाग लगाउन खोजि रहेका छन् !

    We the youth of Nepal and educated citizen should support the vision and mission of Dr. Bhattarai. He is the only person for real change in Nepal, all he need is condition-less support and help from we the people.

    Let us not discourage people like Dr. Bhattarai from their mission, and let us not compelled them to return over gun again to initiate people war.

    All we need is peace and developed Nepal. Let him hear our support and appreciation. Go Dr. Bhattarai Go.

    Well-loved. Like or Dislike: Thumb up 794 Thumb down 28

  12. lcbaijee says:

    जत्तिनै आन्दोलन या क्रान्ति गरेपनि सोजा नेपाली जनताको छोरा छोरी लाइ मार्ने अनि सत्ताको स्वाद लिने चाल मात्र हो यी चोर नेताको / हामी नेपाली जनता मर्न परेपनि देश को लागि मरु तर राजनीतिक दलप्रति लागेर कलङ्क बोकेर नमरौउ / सर्बहारा को नेता २२ करोडको महलमा राज हुनु भएका प्रचण्ड जी को के कुरा गरौ र कांग्रेश र एमालेका भ्रस्ट नेतालाई पनि उछिन्न पछि नापर्नेखालाको परिमार्जित सर्बहारा नेताजीमा पर्नु हुन्छ /

    Hot debate. What do you think? Thumb up 236 Thumb down 229

  13. topenath says:

    हो हो छबिलाल/ हार्ने मान्छे को छेर्ने दाउ भनेको येही हो अनि
    अरु के नै चाहियो र/ येही हो तानाशाही को प्रवृति

    Hot debate. What do you think? Thumb up 36 Thumb down 134

  14. आदरणीय, प्रचण्ड जी,संमानानिया, प्रधान मन्त्रि बाबुराम भट्टराई ज्यु,लालसलाम, जुन पोखराको आभिब्यक्ति अत्यन्त सान्दर्भिक र येथार्थछ .तपाइहरुको आशा बिदेशमा बस्ने हामि सम्पुर्ण पिछडिएका जनजाति हरुको आश्थाको केन्द्र बिन्दु तपाइहरुनैहो . अर्काकोदाशताबाट हामी लाइमुक्ति दिने प्रयात्नागर्नुहोस उत्पीडित, जनजाति,शोसित ,पिडित,निमुखा,दलीत तपाइहरुकोसाथ अबश्य आउनेछन र आज सम्म छन् सामन्त शोषकहरुको र यी सत्तामुखी विपक्ष भनाउदाहरुको जालबाट हाम्रो पार्टी नफसोस.माओबाद अम्रर रहोस .लालसलाम.

    Well-loved. Like or Dislike: Thumb up 331 Thumb down 217

  15. Sagar Gurung says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 11 Thumb down 279

  16. imrai says:

    जनमुक्ति कहिले पौने ?
    शान्ति कहिले आउने ?
    काँग्रेस र आमाले को सत्ता १७ चोटी हेरेकोहोउ ? चोर फटाहा दलाल घुस्याहा नाताबाद कृपाबाद गुन्डागर्दी भएर जनातःहरु माओबादी लाई अगलेया हो,

    Well-loved. Like or Dislike: Thumb up 106 Thumb down 54

  17. ravi says:

    हामी नेपाली येशै को लायक छौ

    Well-loved. Like or Dislike: Thumb up 61 Thumb down 29

  18. man singh says:

    very good kamret parchand

    Well-loved. Like or Dislike: Thumb up 462 Thumb down 364

  19. any way looking this comments, millions of nepali poor people like mahobadi Dr babu ram bhattrai why?may be he is batter than other political parti like Amala,Kangrej so bhattri G pleas done move back million of peaple with you go….go only you take care of people and country.

    Well-loved. Like or Dislike: Thumb up 55 Thumb down 2

  20. ganga b grg says:

    जब सम्म एमाले र काँग्रेस को ६० बर्ष नाघेको नेता हरु पाखा लाग्दैन सम्झौता हुदैन, सहमति को सरकार को त् कुरै न गरम, यिनी हरु ले न आफु गर्छन न अरुलाई गर्न दिन्छ.देश लै शेष पार्नी भारत लै खुसि पार्नी दल हो. यिनी हरु लै भारत को भुत झारेर देश र janta को सेवा को lesson सिकाउनु पर्छ.

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 2

  21. magar says:

    यो कम चै छिटो भन्दा छिटो गर्नु पर्छ प्रचण्ड जिउ अनि त्यसपछि माओ बिरुद्द बोल्नेलाई जर्मन को हिटलर ले जस्तो ग्यासको चयाम्बर मा राखेर भुट्नु पर्छ मुर्ख नेपाली हरुले चाहे को नि यहि हो कति मर्छन कति देश छोडी भाग्ने छन्

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

  22. GANGA says:

    च्यात्नु पर्छ ,च्यात्नु पर्छ अब राख्नु हुदैन !अस्ति जंगल बाट मान्छे
    मारियो अब दरवारबाट मर्नु पर्छ ,अनि मात्र नेपालीले चाल पाउछन !
    मवाबदी को power कति छ भनेर ! जनता नमारी यिनी हरु ले चिन्ने
    होइनन !

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 3

  23. Shesh laoti says:

    यस पटकको सृन्खलामा हेम जी संगै सहमति गर्ने इजाहजत चाहन्छु है; ……..

    Well-loved. Like or Dislike: Thumb up 337 Thumb down 0

  24. ram oli says:

    जसले जे लेखे पनि पार्टी पक छे नै देखिन छ यही पार्टी पक छे कुरा ले नै देस बिग्रे हो साथि हो कुनै पनि मानिस कुनै ना कुनै पार्टी मा आबद्द हुन्छ र छौ तर मेरो समर्थन को पार्टी राम्रो र अरु पार्टी चोर फटाहा भन्नु भन्दा हामि ले ब्याक्ति लाइ छनोट गर्ना सीकौ गल्ति जसको पनि हुन्छ तर धेरै र थोरै छुट्टाउ मालाई लाग्छ गल्ती बिहिन नेता हाम्रो देस मा छैना होला

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  25. Thupten Sherpa (kharikhola) says:

    आब मेरो पालो देश चलाउन, मलाई समर्थन गर्नु,,,, मेरो पार्टीको नाम (नेपाल) हो मलाई समर्थन गर्नेलाई नमस्कार !!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 10

  26. Rana Kanchha says:

    Rabin Giri जी, Dr. बाबुरामका नीति र योजनाहरु सफल भए,………..भन्ने तपाइको शब्दले के अर्थ लगाउन खोज्दैछ थाहा भएन ? किन भने तपाई लाइ थाहा नै होला पत्रकार देगेंद्र थापाको हत्याराहरुलाई सिधै कारबाही नगर भनेर ठाडो आदेश दिने भट्टराई ले ले के देश बनाउला भनेर बिश्वास गर्न सकिएला ? के येही हो त डा. भट्टराई को नीति र योजना ? माफिया, हत्यारा, गुण्डा गर्दी र बलात्कार गर्नेहरुले मात्रै सफल पाएका छन् यो सरकारको पालामा/ जनतालाइ शान्तिको राहत दिने आश्वासन दिएर प्रधानमन्त्री बनेका भट्टराई को पालामा देश भरि हिम्सा हत्या तिब्र रुपले बधिरहेछ, गजब छ बा भट्टराईको नीति ………!

    Well-loved. Like or Dislike: Thumb up 121 Thumb down 70

  27. binaya says:

    वह वह चोर नेताहरु तिमिहरु कति राम्रा मान्छेहरु तिमिहरु जस्तो राम्रो नेताहरु त संसार मै छैनन्, जे जे चय्ते नि चायत, सबै भन्दा राम्रो पार्टी माओबादी अरु सबै चोर, नेपाल माओबादी को मात्रै हो अरु पार्टी मा लाग्ने को होईन, प्रचण्ड भनेको नेपाल को राजा जस्तै हो येदि माओबादीले भनेको कसैले मानेनन् भने परिणाम राम्रो हुदैन चयॆ त्यो सर्बोच अदालत होस चाये त्यो राष्ट्रपति नै किन नहोस….नया नेपाल कतो सुन्धार छ यो सब काँग्रेस र एमाले ले बिगारेको हो…..आज यो २ पार्टी हरु नभएको भए देस कस्तो राम्रो हुन्थ्यो होला धारा मा सदै पानि आउथ्यो , बत्ति कैले जादैन थीयो, नेपाली जनता हरु काम को खोजि मा बिदेसिनु पर्दैन थीयो…नया नेपाल को बनाउन सक्ने यौटा मात्रै पार्टी हो त्यो हो ए माओबादी.आज माओबादी नभएको भए देस बर्बाद भैसक्थ्यो होला….यै माओबादी को कारण ले गर्दा आज हाम्रो देस को अस्तित्यो छ नभए हाम्रो देस १५, १६ वर्ष अगिनै भारत को प्रान्त भै सक्ने थीयो……….( कृपया मेरो यो लेखाई लै like नगरी दिनु होला) बुज्ने लै श्री खण्ड नबुज्ने लै खुर्पा को बिंड.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)