नारी पृथ्वी हुन् l नारीको हृदय बिशाल हुन्छ र ममताकी खानी हुन् l उनिसंग सहनशीलता र
धैर्यता छ l प्रशान्त महासागर झैँ शान्त स्वभाव भएकै कारण यिनीलाई पृथ्वीसंग तुलना
गरिन्छ l भनिन्छ हजारौ काल अघि नारी प्रधान समाज थियो l यिनै पुरुषहरुको जालझेल र
छलकपटबाट नारीहरुलाई किनारा लगाउदै बिकुल फुकी पुरुष प्रधान समाज भनि स्व : घोषणा गरे l
पुरुष प्रधान देश भनि केहि मुलुकलाई उच्चारण गरिएता पनि एक्काईसौ शताब्दीमा यो कुराले
मान्यता प्राप्त गर्दैन किनभने हरेक मुलुक बिकासको चरम बिन्दुमा पुगी सकेका छन् र यस्तो
सोचाईमा अल्मलिदैनन l
नारी र पुरुष समान छन् ,नारी न त पुरुष भन्दा ठुली छे न पुरुष नारी भन्दा साना छन्,न
नारी उच्च छे या न नारी निचा छे किनभने नारीको आफ्नै आत्म सम्मान र पृथक पहिचान छ lउ
बिना त जीवनको चक्र नै चल्दैन lभनिन्छ जुन घरमा नारी हुदैनन् त्यो घरमा भगवानले पनि बास
गर्दैनन् l नारी रुपमा हामीले कैयौ ईस्वरको रुपमा पुज्दछौ lयहि नै सवालको जवाफ हो
lहिन्दु धर्म शास्त्र अनुसार पौराणिक कालमा गार्गीले त्यस समयका प्रकाण्ड विद्वान र ऋषि
मुनिहरुलाई तर्क र बिबेकले हराएको बिबेचना गरिएको छ अनि नारी कसरि पुरुष भन्दा पछाडी
हुन्छे lनारी स्नेह कि खानी, सहनशीलता कि साक्षात देबीकि रुप हुन् lनारी, जसलाई समाजको
आधा आकाशका रुपमा हामी मान्दछौ ,कयौं नारीहरु पुरुषलाई उछिनेर एक कदम अगाडी पुगिसकेका
छन् l पितृसत्तात्मक सोच र चिन्तनका खाल ओडेका पुरुषहरुको दानबी हर्कत कारण हजारौ बर्ष
देखि कैयौ चेलीबेटी चरम यातनाका सिकार भएका छन् l तिरस्कारका अनगिन्ती आशुहरु पिउदै
जिउन बिबस नारीहरु बाध्य पारिएका छन l तर समयले फड्को हानी सकेको छ र पुरुषको यहि
संकुचित सोचको कारण नारी पटक पटक आक्रमणको सिकार हुन् पुग्दछन l पुरुषले नारी प्रतिको
गिद्दे दृस्टी त्याग नगरे सम्म नारीले मुक्ति पाउन समय लाग्ने हुन्छ l
मार्च १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा चीन, डोमेनिकन गणतन्त्र, अमेरिका
,ब्राजिल आदि १७ वटा देशका करिब १ सय जना महिला अधिकारकर्मीले ‘महिलाविरुद्धको सामाजिक
सोचमा परिवर्तन हुनुपर्छ, महिलाहरूले पनि सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्रमा
पुरुषसरह अधिकार पाउनुपर्छ भनि गरेको सम्मेलन पनि १०० बर्ष पुगी सक्दा पनि महिला
हिँसाका घटनाहरु न्युनतम हुन् सकेका छैनन् lमुलकुमा नारी हकहित सम्बन्धि अधिकासं कानुन
र नियम निर्माण भै सके पनि ब्यबहारिक रुपमा कम्जोर छ र अझ पनि नारीलाई हेर्ने
दृष्टिकोणमा आकास जमिनको फरक आएको छैन l महिला हिंसाको शिकार भै रहेका छन् lप्रधान
मन्त्रि निवास ,बालुवाटारमा बिरोध र नाराबाझी भै रहदा पनि महिला प्रताडितको शिलशिला
यथावत छ l चेलीबेटीले सुरक्षित महसुस गरि रहेका छैनन l बिहान हिडेकी छोरी बेलुका साँझ
सम्म घर जनयुद्द काल झैँ फर्किन्छन कि फर्कीदैनन् भनि अभिभावक एकाग्रताको साथ प्रतीक्षा
गरि रहेका हुन्छन lसुदुर पश्चिममा मानिने छाउपडीको कारण शिक्षित महिला नै पिढित छन् र
घटना घटी रहेको रहेको छ l यसमा समाजका भनाउदा ठुला ठालुले जबर्जस्त लाद्ने कामको सहयोग
गरि रहेका छन् l
प्रशासन मुक दर्शक भएर हेर्न बाध्य हुन्छ किनभने २०६३ पछि सबै कार्यकर्ता नेता भएका छन्
र सबैलाई प्रजातन्त्र लागेको छ l माथि आफ्नो पहुच भन्दै कारवाई गर्नेलाई सरुवाको
पुर्जी थमाई दिने भन्दै सन्त्रासको वातावरण बनिदैछ lदानब स्वभाव भएका पुरुष ,आफ्नो सोच
र बिचारमा परिवर्तन गर्न नसकेका पुरुषको कारण नारीहरु आतंकित छन् l जब सम्म यस्ता
राक्षसी प्रवृति भएकाहरु समाजमा रहन्छन यस्ता कुकृत्य घटनाहरु घट्ने सम्भावना रही रहने
हुन्छ lहास्मीलाई जिउदै जलाईएको घटनाले समस्त नेपालीलाई स्तब्ध बनाएको छ र नारी प्रतिको
पुरुषको हेराई गिद्दे दृस्टीमा परिणत हुदैछ l
नारी प्रति पुरुषको सद्भाव र श्रदा सदैब उच्च रहनु पर्छ किनभने नारी कसैको छोरी ,कसैको
बुहारी र कसैको आमा र कसैको दिदि तथा बहिनि हुन्छिन l भारतको दिल्लीमा घटेको घटनाले
विश्वलाई रुवाई दिएको छ र संसार शोक मग्न छ lयस्तो कहिले नहोस् र नदोहोरियोस भनि एक
ढिक्का भएका छन् lपिडित मृत २३ बर्षिय एक होनहार भारत आमाकी छोरी घोषणा भएकी छिन् र
हृदयमा अनगिन्ती सपना बोकेर हिडेकी त्यो रात कालको मुखमा परिन l भारतमा नया बर्ष २०१३
नमनाउने घोषणा गरे र विदेशमा समेत मनाएनन केवल शुभचिन्तकहरु न्यायकि मुर्तिको फैसला
सुन्न लालायित छन् l संलग्न आरोपित पितृ सतात्मक सोच र चिन्तनबाट ग्रषित त्यी दानबहरु
को गीद्दे दृस्टी कारण सिकारमा परिन lबलिवुडका सम्राट साहरुख खानले उक्त घटनाको टिप्पणी
गर्दै आफु पुरुष भएकोमा लाज छ भनि विचार पोखिदिए l यो घटना सेलाउन नपाउदै दुई ठाउमा
यस्तै घटना घटी रहेको संचार माध्यममा आएको छ l
यो घटनाले मेरो मानस पटलमा नेपाल आमाको एक सच्चा बिर र बहादुर छोरा बिष्णु श्रेष्ठको
संस्मरण गरायो lचलचित्रमा भएको जस्तो नायक आई त्यो निर्दोष बालिकाको अस्मिता कसैले पनि
बचाउन प्राणको बाजी लगाएनन र बिष्णु श्रेष्ठ जस्तो हजारौ छोराहरु नेपाल आमाले यस
धर्तीमा जन्माउनु पर्दछ भनि यो पंक्तिकारको मस्तिस्कमा उब्जियो l बिष्णु श्रेष्ठ
भारतीय सेनामा कार्यरत पोखरा निवासी सिपाही हुन् lभारतीय सेनामा धेरै बर्ष सेवा गरि
निबृतिवरण( अवकास प्राप्त )लिई नेपाल फर्कने क्रममा केहि बर्ष अगाडी भारतको गोरखपुर
नजिक ४० जना डाकाले आफु चढेको रेलमा मच्चाएको आतंक र एक युवती प्रति गरेको दानवीय
ब्यबहारले कहिले नझुक्ने गोर्खालीको सच्चा सन्तान बनि नेपाल तथा नेपालीको शिर ठाडो
पर्ने कामले गरे lउनीले देखाएको बहादुरता र साहसको उच्च कदर गर्दै भारत सरकारले
सौर्यचक्र, बहादुरी पदक र सर्बोत्तम जीवनरक्षा पदकबाट सम्मान गरेको छ lबिष्णु श्रेष्ठले
एक युवती प्रति डाकाहरुले गर्न खोजेको अपमानजनक कुकृत्य ,आफ्नो मातापिताको सामुने
अस्मिता लुट्न खोज्ने र चिकित्षा बिषयमा अध्ययनको तैयारीमा यात्रामा हिडेकी युवती प्रति
देखाएको पासविक हर्कत तथा उनको चित्कारले वीर गोर्खालीको मन थाम्न सकेनल आफ्नो जीवनको
पर्वाह नगरी केवल नारी मुक्ति र नारीको अस्मिता जोगाउनुबाहेक कुनै बिकल्प नरही ४० जनाको
जत्थासंग केवल खुकुरीको भरमा विकासे मुलाकाटे झैँ काटी कोतपर्व झैँ रगतको खोलो बगाए
पश्च्यात डाकाहरु घुंडा टेक्न बाध्य भए l श्रेष्ठ जसले नारी अत्याचार सहन सकेन र
टुलुटुलु मुकदर्शक भएर कायरताको परिचय दिएन ,केवल महिला प्रति श्रद्दा भक्ति र चेलीबेटी
प्रति देखाएको सम्मानले उनि सदैब हाम्रो हृदयमा छन् l
प्रश्न यहाँ एक नारीको हो ,नारीको लागि अन्जान दाजुले गरेको अदम्य साहसको कदर गर्दै
ठुलो रकम दिदा पनि स्वीकार नगरी बैनी जस्तो ठानेको अभिव्यक्तिले बिष्णुको उचाई बढ्यो
lगीद्दे दृस्टी राख्नेलाई ठुलो पाठ भयो र कानुनको कठघरमा आए lनारी प्रति गिद्दे दृस्टी
राख्नेलाई कानुनको फन्दामा पर्ने छन् lनारी एक अभिभावक पनि हुन् आफ्नो ज्यान जोखिममा
राखी अमेरिकाको कनेक्टिकट पाठशालामा २७ जनाको ज्यानमा आफ्नो प्राणको आहुति दिई साना
साना बिद्यार्थीको ज्यान बचाईन lनारीको मुल्यांकन असिमित छ र उच्च छ lनारी प्रति
देखाउनु पर्ने सद्भाव र श्रदाको खडेरी लागेको छ lनारीलाई केवल वस्तुसंग तुलना गर्न
गर्ने सोच परिवर्तन गर्नु पर्ने हुन्छ l
जब सम्म पितृसत्तात्मक समाज भन्ने सोच र चिन्तनको अन्त्य गर्न सबै समाज एक ढिक्का
हुदैनन् तब सम्म नारीहरुलाई हेर्ने दृस्टीकोण तुलनात्मक रुपमा परिवर्तन हुदैन lमहिलाले
पुरुषको सेवा गरे मेवा पाइन्छ भन्ने धार्मिक ग्रन्थहरूले पुस्तौंदेखि महिलालाई पुरुषको
अधीनमा राखेको पाइन्छ। जब सम्म महिलालाई शिक्षित र आर्थिक रुपमा सशक्तिकरण गरिने
वातावरणको सिर्जना गरिदैन ,तब सम्म महिला सशक्तिकरणको मूल ढोका पुरै नखुल्ने हुन्छ
lनेपाल सरकारले महिला हिंसा अन्त्यका लागि लैंगिक हिंसा मुक्त दिवस मनाउने घोषणा गरेको
छ जो अत्यन्तै सराहनीय छ सर्वत्र चर्चाको बिषय भएको छ तर घोषणा र दिवस मनाउने
कार्यक्रमले मात्र समस्याको हल नहुने हुन्छ यसको लागि पुरुषको ब्यबहार र सोचलाई जरा
देखि उखाली फ्याल्नु पर्दछ l
अस्तु
विजय थापा ,भर्जिनिया