अनियमितता र गरैकानुनी काममा संलग्न १८ जना पक्राउ

काठमाडौं,माघ ८ । अनियमितता र गरैकानुनी काममा संलग्न रहेको भन्दै प्रहरीले नारायणी अन्चल यातायात व्यवस्था कार्यालयबाट १८ जनालाई पक्राउ गरेको छ । सर्वसाधारणसंग काम गरिदिने बाहनामा गैरकानुनीरुपमा पैसा असुल्दै गरेको र पैसाको प्रलोभनमा पारी गैरकानुनी काम गर्न लगाउने दलालहरुको बिगबिगी बढेको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साले छापा मार्दा १८ जना पक्राउ परेका हुन् । अन्चल यातायात कार्यालय वीरगंजले जारी गर्ने सवारी साधनको दर्ता, चलानी, नामसारी, सवारी चालक अनुमतीपत्रमा दलालहरुको चलखेल बढ्दै गएपछि त्यसलाई रोक्न स्थानीय प्रशासनले प्रहरीलाई निर्देशन दिएको थियो ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)