भट्टराई नेतृत्वको सरकारमा सहमति गर्नु नै उत्तम हुन्छः प्रचण्ड

गोरखा,माघ ८ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहमति गर्नु नै उत्तम हुने बताउनुभएको छ । गोरखाको सदरमुकाममा पार्टीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जुनसुकै विकल्पमा गएर भए पनि सहमति गर्न माओवादी तयार रहेको बताउनुभयो । कार्यक्रममा सम्बोधनगर्दै प्रचण्डले निर्धारित मितिमा चुनाव सम्पन्न गराउन अझ लचिलो विकल्प दिन पनि आफुहरु तयार रहेको बताउनुभयो । त्यस्तै, प्रधानमन्त्री डा। बाबुराम भट्टराईले राष्ट्रपति डा रामवरण यादवले चुनावी अध्यादेश जारी नगरिदिएकै कारण संविधानसभाको निर्वाचन हुन नसकेको जिकिर गर्नुभयो ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)