काठमाडौं,माघ ८ । नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । पार्टी मुख्यालय बुद्धनगरमा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्दोलनको तयारीबारे छलफल भएको जनाइएको छ । बैठकमा आफ्नो धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले सरकारकाविरुद्ध कडा आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि पनि आन्दोलनमा जानुपर्ने वताएका जनाइएको छ । बैठकमा महासचिव रामबहादुर थापाले पार्टीको भावी रणनीति र आन्दोलन लगायतका विषयलाई समेटेर प्रस्ताव पेश गर्नुभएको छ । बैठकले केन्द्रीय समितिमा थप गरिने ८ जना सदस्यहरुको नामसमेत टुंगो लगाउने बताइएको छ ।