काठमाडौं,माघ ८ । शसस्त्र प्रहरीको एपीएफ क्लव राजधानिमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रेलिगेशनबाट बचेको छ । १५ औं चरणको खेलमा फ्रेण्डस क्लवलाई १–१ को बराबरीमा रोक्दै एपिएफले रेलिगेशनको खतरा टारेको हो । एपिएफले रेलिगेसन खतरा टारेपछि अब जाउलाखेल र मध्यपुर युथ एशोसिएसन मध्ये एक टिम रेलिगेसनमा पर्ने छन् । बौद्ध फुटबल क्लव र बाँसवारी क्लव यसअघि नै रेलिगेसनमा परिसकेका छन् । बराबरीसँगै एफिएफको १६ अंक भयो । सोमवारको खेलमा डोडोजको गोलमा फ्रेण्डसले अगता लिए पनि लगत्तै अर्जुन लिम्बुले एपीएफका लागि बराबरी गोल गरे । रेलिगेसनको खतरामा रहेका मध्यपुर युथ एशोसिएसनको १३ र जाउलाखेलको १४ अंक छ । एक खेल्न बाँकी रहेको मध्यपुरले अब हुने हिमालयन शेर्पा विरुद्धको खेल जितेमा पनि हेड टु हेडका आधारमा एपिएफभन्दा पछाडी पर्ने छ ।