आहा–रारा गोल्डकप फुटबल मंगलबारदेखि सुरु हुने

पोखरा,माघ ८ । पोखरामा मंगलबारदेखि सुरु हुने एघारौं आहा–रारा गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा ए डिभिजन क्लव जावलाखेल युथ क्लबले धरान फुटबल क्लबको सामना गर्नेछ । १२ टिम सहभागी प्रतियोगितामा नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, मनाङ–मस्र्याङदी क्लव र भारतको गोर्खा ब्रिगेडले वाई पाएर सिधै क्वार्टरफाइनल खेल्नेछन् । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)