काठमाडौं–कुलेखानी हेटौडा सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच आयोजना विकास र व्यवस्थापनका सम्बन्धमा बिहीबार दुईपक्षीय सम्झौता भएको छ । सुरुङ्गमार्गको काम छिटो सुरु गर्ने वातावरण बनाउन भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयलाई आग्रह गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा कुशकुमार जोशीले यस्तो आग्रह गर्नुभएको हो ।कम्पनीले विस्तृत संभाव्यता अध्ययन डीपीआर सरकारलाई बुझाइसकेको छ, अब माघ महिनाभित्र नै काम सुरु गर्ने गरि प्रकृया अगाडि बनाउनुपर्छ, सुरुङ्गमार्ग निर्माणकर्ता नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष जोशीले बताउनुभयो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
यो आयोजना बनेपछि नेपाल र भारतबीच हुँदै आएको व्यापार घाटा २५ प्रतिशतले कम हुने उहाँले दाबी गर्नुभयो ।माघ १० गतेभित्र नै आयोजना अगाडि बढाउने भने पनि सहमति हुन सकेको छैन । तथापी १/२ दिन भित्र भने मन्त्रालयसँग समझ्दारी हुने उहाँको विश्वास छ । यो आयोजना सम्पन्न भए एक दिनमा ६ लाख लिटर अर्थात वर्षमा २२ अर्ब रुपैयाँ बराबरको डिजेल बचत हुने कम्पनीले जनाएको छ । यो आयोजनामा पूँजी अभाव नहुने भन्दै अध्यक्ष जोशीले आयोजनाका लागि स्थानीय सहित २ लाख ६४ हजार शेयरधनी हुने अपेक्षा गरेको बताउनुभयो ।फोर पीको अवधारणामा बन्न लागेको यो आयोजना सन् २०१६ सम्ममा सम्पन्न गरिने लक्ष्य राखिएको छ । ४ लेनको यो आयोजना बन्न सफल भए काठमाडौं दखि हेटौडासम्मको दुरी १ घण्टामा पार गर्न सकिने छ ।
धेरै खुशीको खबर हो सफल भए तर हुदैन .हाम्रो.नेतालाई चाहिएको कमिसन र भारतले हुन पनि दिदैन..हाम्रो देशको नेताले नै असफल पर्छ ..हेर्दै जानु होला ..मेरो आशा सफल होश …खबर पढेर अलिकति मात्र भए पनि खुशी लगेउ द्यान्याबाद पत्रकारहरु लाइ
Well-loved. Like or Dislike:
87
3
This is the sort of news we gotta read.
Well-loved. Like or Dislike:
162
2
ठिकै हो फेरी कुनै २ /४ ओटा ब्याक्ति लाइ आर्थिक हिना मिना को केस लाग्ने होला कि इमान दारी मै ४ बर्स त् ना बित्ला होइना र
Well-loved. Like or Dislike:
19
3
खबर सुन्दा मात्र पनि आहा ! कति खुशी होइने मनै गदगद !!!
योजना अति सुन्दर छ / यो एउटा सुनौलो बिहानी को घाम हो दिनभरिको उज्यालो त्यहि बाट शुरु हुन्छ / आज मलाई केहि ढुक्क भयो नेपालमा भत्काउने मात्र छैनन् बनाउने पनि छन मलाई पहिलेनै बिस्वास थियो / यो योजना अबश्य सफल हुन्छ-सबै नेपालीको आत्माले बोलि रहेको छ, स्वयम् देश नेपालले चाही रहेको छ साथै अहिलेको सरकार र केहि नाइकेहरुमा (leaders) भरोसा गर्न सकिने अबस्था पनि छ / तर राम ओली जी, दृश्य अदृश्य, महसुस गर्न सकिने नसकिने सबैमा एउटा शक्त्ती हुन्छ-जस्तै आशिर्बाद र स्राप / यति सुन्दर योजना बन्न गइरहेको छ कृपया पहिल्यै अशुभ नबोली दिनु होला / अन्तमा योजना सफल होस् हृदय बाटै शुभकामना !!!z
Well-loved. Like or Dislike:
221
1
कमिसनमा कुरा मिल्यो भने योजना पूरा हुनसक्छ. नत्र काम को समय थप्दै कमिसन थप्दै गर्दा पनि हुन्छा. जे होस् योजना पूरा भएमा देशले काचुली फेर्ने निश्चित छ.
Well-loved. Like or Dislike:
35
0
सारै खुसि लाग्यो बेस्ट ओफलक
Well-loved. Like or Dislike:
97
0
सुरुमै ४ वर्ष भनि हाल्यो, उइ नेताको संबिधान तन्किए जस्तै तन्किएर १६ वर्ष त पक्कै लाग्छ होला, सुरु भयो भने है, तर आधा बन्दा बन्दै कमिसन नमिलेर accident भएको ट्रक जस्तै थन्किने त होला नि फेरी ! जे होस् कमिसन मिलोस र यो काम सफल होस् भन्ने कामना गर्दछु
Well-loved. Like or Dislike:
44
5
देशको बिकास हुने राम्रो कुराहरुमा सरकारले नौटंकी देखाएर गर्नेलाई दुख दिनु राम्रो हुँदैन. यस्तो राम्रो परियोजनाहरुलाई स्वागत गर्दै छिटो भन्दा छिटो स्वीकृति दिनु पर्छ. हुनत सम्झौताका बुंदाहरु सार्वजनिक नभए जनताले दुइ पक्षीय भित्रि राजनीति कसरि बुझ्ने? आखिर ठुलो परियोजनामा ठुलो रकमको चलखेल स्वाभाविक नै छ.
Well-loved. Like or Dislike:
17
0
एस्तो राम्रो काममा चोर, डाँका नेता, पार्टी र मन्त्रि देखि साबधान पहिला यीनि हरु को गोजी नभरीये सम्म कुनै पनि परियोजना सफल हुन दिदैनन /
मन परे हरियो, नपरे रातो
1
1
हुन त एक दिनहोला , ढिलो चाडो आसा गर्ने पर्छ . तर पुर्बाधार त्यति बनेको जस्तो लाग्दैन ,मुलत यसको आधार के जस्तो लाग्छ भने , १, बिपा २०११ ,१० २१ तारिक , २, एन आर एन को नेपालको सम्मेलन ,३ हालसालैको कोरिया को हाइदोको सेयरको लगानी मा रुचि . ४ , अहिले को नेपालमा भए को नेपाल चम्बेर अफ कमर्स तथा जिबा को सेयर ,बास्तबमा यी कुरा लाई हेदा देसमा लगानी हुनु ramroo हो , तर दे शमा सरकार जो जसको भए पनि लगानी नीति easpasta जस्तो लाग्दैन ,जबकि साना ,मझयौला उधोग त दिन दिनै घततोछ . यो समय .देसमा पहिला न्यूनतम बाताब्ररda हुनुपछा . १ ,देसमा कहिँ कतै बन्द हुनु हुदैन , २,स्कुल एरिया र १७ वर्ष मुनिका बल बालिका लाई कसैले पनि राजनीति न सिकाउने र राजनीतिका अवियोग नलगाउने.यी २ बुदा अनिबाya जस्तो लाग्छ , मेरो बिचारमा ,नेपाल चलाउने चापी अन्तै भयप नी नेपाल बनाउनने चापी तपाई हाम्रै हातमा छ .
मन परे हरियो, नपरे रातो
2
4
थुइक्क , कमेन्ट हेर्यो नेपाली ले आफ्नो जात जनौचा जहिले पनि. अलि पढेर, बुझेर कमेन्ट गर्ने गरम न, तेसो गरे कसो होला ?
मन परे हरियो, नपरे रातो
3
2
बाताबरण मा पनि खासै असर नपरिकन देसको विकास पनि हुने जनताले पनि सुबिधा पाउने आर्थिक र ब्यापारिक रुपमा राष्ट्रलाइ पनि सबल बनाउन सहयोग गर्ने योजनालाई सबै क्षेत्र बाट सहयोग हुन जरुरत छ राजनीतिक खिचातानी ले राष्ट्र र जनता लाई हानी हुने खेति नगरियोस यो आयोजना सफल भय अनेत्र पनि एस्तो परियोजना सुरु हुन सक्छ जसले पहाडी मुलुक को विकास लाई सहयोग गरि बिकासको बाटो सुरुवात गर्न सक्छ
Well-loved. Like or Dislike:
26
0
कठै मेलम्ची योजना याद आयो/
Well-loved. Like or Dislike:
50
0
राम्रो सोचे राम्रै होला, अरु त के नै गर्न सकिन्छ र ?
मन परे हरियो, नपरे रातो
1
0