मन्त्रीदेखि सरकारी कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण नबुझाएको सार्वजनिक

सम्पत्ति विवरण नबुझाउने मन्त्री, उच्चपदस्थ अधिकारीहरुको नाम सार्वजनिक भएको छ। आफ्नो सम्पत्तिको विवरण नबुझाउनेमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायत आठ जना मन्त्री समेत रहेको बुझिएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार लगायत नौ जना मन्त्रीले समयमै आफ्नो सम्पत्ति विवरण नबुझाएको बताइएको छ । भ्रष्टाचार निवारण ऐन-२०५९ को दफा ५० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दफा ३१ ‘क’ बमोजिम प्रत्येक सार्वजनि पद धारण गरेका व्यक्तिले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको सम्पत्ति अद्यावधिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र पेस गर्नुपर्ने प्रावधान रहेको छ तर उक्त प्रावधानलाई मिच्दै प्रधानमन्त्री र उपप्रधानमन्त्री लगायत नौ जना मन्त्रीले तोकिएको समयभन्दा तीन महिनापछि विवरण बुझाएका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

8 Responses to “मन्त्रीदेखि सरकारी कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण नबुझाएको सार्वजनिक”

  1. Prabin Pandey says:

    तीन महिनापछि विवरण बुझाएका छन् रे, अनि सिर्सक चै
    “मन्त्रीदेखि सरकारी कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण नबुझाएको सार्वजनिक” कस्तो समाचार हो यो ?

    Atleast बुझाएछन भन्नु पर्छ, गिरिजा बाबुले त बुझाउदैनन थे!

    Well-loved. Like or Dislike: Thumb up 308 Thumb down 24

  2. GANGA says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 8 Thumb down 218

    • Pema Hyolmo says:

      माओबादी को पनि सम्पति हुन्छा र ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

  3. John says:

    अन्ध कानुन हो बुझाउनु पर्दैन आफ्नु सम्पति को विवरण कोषले के गर्नु सक्छ आफ्नु हात जगनाथ

    Well-loved. Like or Dislike: Thumb up 84 Thumb down 0

  4. ram oli says:

    पत्रकार मित्र हरु हो सही कुरो लेख्नु ना सम्पति को बिबरण ढिला बुझाए भन्नु को साटो बिबरण नै बुझाएन्न भन्नु सही होइना सानो गल्ति ले पनि जिब्रा तान्ने अबस्ता आउना सक्छ तेसैले लेख लेख्नु भन्दा पहिला सोच्ने बानि बसाल्नु नै उत्तम होला कि

    Well-loved. Like or Dislike: Thumb up 169 Thumb down 2

  5. ganga b grg says:

    नेपाल मा एक भनाइ छ. तेरो बाऊ को सम्पति हो र.

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 0

  6. samraj says:

    कानुन बिना को देश मा जे गरेपनी हुन्छ…खाऊ नेता हो खाऊ कुकुर को आची खायेनी खाऊ देशै निलेनी निल…त्यो भन्दा राम्रो त तिमीहरु को गिदी ले के नै सोच्छा र ?

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 0

  7. samraj says:

    भट्टराई जिउ अरुको त खुब आलोचना गर्नु हुन्थ्यो नी आखिर तपाई को सक्कली सोचाई त ऐले सम्म को सबै भन्द घटिया पो लग्यो त हामी जस्तो साधारण जनता को सोचाई मा त.बैदार हुनुसजिलो तर बहि बुझाउनु गारो हुन्छाहोइन ?हैन कति दीन लाज पचाएर कुर्सि मा तलियेरा बसिराख्ने हो ?अब त पुगेनारा तपाइको तिन ३ पुस्तासम्म लाइ कि ७ पुस्तालाई पुग्ने गरि कमाएर किर्तिमान काया गर्नु छ?

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)