काठमाडौं,माघ १४ । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मीको नेतृत्व हुनुपर्छ भन्दै आन्दोलन गरिरहेका कलाकारहरुले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाएका छन् । गत पौष २ गतेदेखि रिले अनसन गरेका उनीहरुले आइतबारदेखि देशैभरका सम्पूर्ण चलचित्र हल, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पारेका छन् । त्यसैगरी उनीहरुले बोर्डका नवनियुक्त अध्यक्ष धमेन्द्र मरवैता पप्पुलाई बोर्ड प्रवेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने जनाएका छन् ।
आफ्ना मागहरु लिएर प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउँदै चलचित्रबारे जानकारी नभएका ‘पप्पु’ लाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरिनु धोका भएको भन्दै उनीहरुले ४ बुँदे माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । चलचित्र निर्देशक विकास समितिका अध्यक्ष विमल पौडेलले सक्षम नेतृत्व नदिएसम्म आन्दोलन जारी राख्ने बताए ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
रंगकर्मीहरुको अन्दोलन शैली पनि गजबको पो हुदो रहेछ ! सायद उनीहरुको घर झगडामा पनि-बुवा गीत गाउने, आमा छम छम नाच्ने, छोरा छोरी ताली बजाउने र बृद् बृदा बाजे बजु भोकै सुत्ने………….शैली गजब छ हैनर ?…….
Well-loved. Like or Dislike:
96
0
सबै जना नेता अनि कहाँ बाट हुन्छ देश विकास.
Well-loved. Like or Dislike:
215
0
अब हेर भन्दा भन्दै यिनिहरुपनि सडक मा उत्रिनु पय्रो ! होइन सडक मा चाही के छ ! हिनिहरुको दिमाग मा कुन राजनीतिको दल चाही छिरेछ ! सबै ल है , ल है मा लाग अनि नेपाल देश को एच्जत कमाऊ
सिक्छित मान्छेत यस्ता छन् अनि के पो होलत !
Well-loved. Like or Dislike:
84
1
अब सडक मा उत्रने रे ठिकै ६ सडक को क्षेउ छाउमा भएको फोहोर उठाएर अन्त तिर फाल्दा हुन्छ येसो सडक सफा गरेर राख्दा हुन्छ कति फिल्म मात्र बनाउन्छौ त येसो कहिले काही सामाजिक काम गरेर पनि देखाइदेउ नत
Well-loved. Like or Dislike:
169
1
खाई ना पाई छालाको टोपी लाई देश को हालत के छ उनि हरु लाई फिलिम को आन्दोलन सिन्धु मल्ल को गीत लाई सम्झियो कि के हो कलाकार साथी हरु ले
Well-loved. Like or Dislike:
126
1
को हो यो; पप्पु भन्ने फेरी कता बाट आयो? यो नेपाली नै त हो,? नाम सुन्दा त भारत बाट सिधै मगाएको जस्तो लाग्छ/ हैन हाम्रो देसको सबै क्षेत्र मा किन राजनीति हस्थच्येप भएको होला? जता तेतै चाकडी चाप्लुसी, नाताबाद, कृपाबाद………हरे मुर्ख नेताहरु देसको कलाकारहरु भेनेको राष्ट्र को गहनहरु हुन्, इनिहरु लै सम्मान दिनु हामी सबै को कर्तब्य हो/ सरकार ले यो सबै आगो मा गीउ थप्ने काम भयो सरकार को/
यो सरकार ले किन हरेक क्षेत्र मा एस्तो गलत गलत काम गर्दै हिनी राकोहोला, बिस्तारै राम्रो हुन थलेको हाम्रो नेपाली चलचित्र क्षेत्र फेरी खत्तम हुने भयो/ येस्तै भयो भने यो सरकार को अन्त्य धेरै नराम्रो तरिकाले हुने छ….होसियार चोर, ड़ाका नेताहरु …
मन परे हरियो, नपरे रातो
4
0