एक युवकको शव फेला

महेन्द्रनगर,माघ १४ । कञ्चनपुरको दक्षिणी क्षेत्र देखतभुलीको सिमलपट्टीमा एक युवकको शव फेला परेको छ । सोही ठाँउ बस्ने ३५ वर्षीय टिकाराम चौधरीको शव घर भन्दा केही तल भेटिएको हो । मृतकको टाउकोमा चोट लागेको र उक्त स्थानमा काठको चिरपट फेला परेकाले उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्याको आशंकामा मृतकका आफ्नै दाई तुलसीराम चौधरीसहित छ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी बृखबहादुर रावलले बताउनुभयो । मृतक टिकराम बैदेशिक रोजगारीमा जानकालागि अपुग रकम माग्न दाईको घरमा पुगेका प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)