नेपालगन्ज,माघ १४ । उपचारका लागि रकम पाइने प्रलोभनमा चरेस सीमापार लैजान खोज्ने जाजरकोट डाडागाउँ ८ का आमा छोरा पक्राउ परेका छन् ।
सीमा प्रहरी चौकी जमुनाहले नेपालगन्जबाट भारतको रुपैडियातर्फ लैजाँदै गरेको अवस्थामा सात किलो चरेससहित आमा छोरासहित तीनजनालाई आइतबार पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा ६० बर्षिया मनकुमारी थापामगर, उनका २६ बर्षिय छोरा दलबहादुर थापा मगर र गाउँकै २४ बर्षिय धनबहादुर घर्तीमगर रहेका छन् । शरिरमा चरेश लुकाएर पैदल अवस्थामा सीमापार गर्ने क्रममा जमुनाह प्रहरी चौकीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकी मनकुमारीले आफू दमको विरामी भएको बताउँदै भारतमा उपचार गराइदिने भने पछि सामान सीमापार गराउन लागेको बयान प्रहरी समक्ष दिएकी छिन् ।