पोखरा,माघ १४ । पोखरामा जारी एघारौं आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी नेपाल पुलिस क्लवलाई १–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । पुलिसलाई पराजित गर्ने क्रममा ८५ औं मिनेटमा आर्मीका विकर्ण श्रेष्ठले निर्णायक गोल गरे । प्रिक्वार्टरफाइनलमा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै आर्मीले क्वार्टरफाइनलमा ठाउँ बनाएको थियो भने पुलिसले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो ।