‘वधशाला’को प्रदर्शनमा प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयको पत्र

काठमाडौं,माघ १४ । आगामी फागुन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वधशाला’ को प्रदर्शनमा प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्र काटेको छ । रक्षा मन्त्रालयको आग्रहमा सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र लेखी बथशाला प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

रक्षाले माघ ३ गते सञ्चारलाई लेखेको पत्रमा नेपाली सेनाको पोशाक लगाएर छायांकन लगायतका विषयमा सम्बन्धित निकायसँग स्वीकृति समेत नलिइ तयार गरिएकाले प्रतिवन्ध लगाउन आग्रह गरिएको छ । रक्षाले सञ्चार मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ–‘नेपाली सेनाबाट अनुरोध भई आए बमोजिम ‘बधशाला’ चलचित्रको सम्बन्धमा नेपाली सेनाको पोशाक लगाई छायांकन गरिएको लगायतका विषयमा सम्बन्धित निकायसँग स्वीकृति समेत नलिई तयार गरिएको हुँदा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम प्रदर्शनको लागि इजाजत प्रदान नगर्न अनुरोध गरिन्छ ।’नेपाली सेनाको अनुरोध गरेबमोजिम चलचित्र प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयले लेखेको पत्रमा आग्रह गरिएको छ । रक्षाको पत्रमा फिल्म प्रदर्शन गर्न इजाजत प्रदान गरिईसकेको भई चलचित्र हल लगायतमा फिल्मको प्रदर्शन रोक लगाउन निर्देशन समेत दिइएको छ । चलचित्र बधशालाका निर्देशक मनोज पण्डितले चलचित्र प्रतिवन्ध लगाउने तयारी अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउनुभयो । ‘सेनाको पोशाक बहाना मात्रै हो । उनीहरुलाई बहाना चाहिएको थियो’, निर्देशक पण्डितले भन्नुभयो, ‘यो अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’ सशस्त्र द्वन्द्वकालमा भैरवनाथ गणमा कैदीहरुमाथि सेनाले दिएको यातनाको सेरोफेरोमा चलचित्र बधशाला केन्द्रीत छ । यसअघि मनोज पण्डितद्वारा निर्देशित फिल्म दासढुंगा पनि सेन्सरमा परेको थियो ।

 

One Response to “‘वधशाला’को प्रदर्शनमा प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयको पत्र”

  1. shanti says:

    माओबादीको सेनाकोसहनुभुती पनि पाउने, अभिव्यक्ति स्वतन्त्रता प्रति अंकुश लगाउने दोहोरो फाइदा छ यसमा. चण्डाल हरु बिपक्षमा गए भने यहि चलचित्र प्रदर्शन योग्य भैहाल्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)