बर्तमान सरकारको बहिर्गमन नै अहिलेको राजनीतीक अन्यौल चिर्न एकमात्र अचुक उपाय होःभण्डारी

वीरगंज,माघ १४ । नेकपा एमालेका उपाध्यक्ष बिद्या भण्डारीले बर्तमान सरकारको बहिर्गमन नै अहिलेको राजनीतीक अन्यौल चिर्न एकमात्र अचुक उपाय भएको बताउनु भएको छ । प्रेस चौतारी पर्साले आइतबार वीरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष भण्डारीले सत्ता कब्जा गर्ने बाबुराम भट्टराईको नियत नै मुख्य समस्या भएको बताउनुभयो । उपाध्यक्ष भण्डारीले माओबादीले सत्तामा बसेर लोकतन्त्रको उपहास मात्र गरेको आरोप लगाउनुभयो । बर्तमान सरकार संबैधानिक र नैतिक रुपमा असफल हुँदा समेत प्रधानमन्त्रीले मार्ग प्रशस्त नगर्नु लाजमर्दो भएको उहाँको टिप्पणी छ । माओबादीले आफ्नो पार्टीको महाधिबेशनकालागी सरकारी स्रोत साधनको चरम दुरुपयोग गर्दा समेत कोही नबोलेकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

 

One Response to “बर्तमान सरकारको बहिर्गमन नै अहिलेको राजनीतीक अन्यौल चिर्न एकमात्र अचुक उपाय होःभण्डारी”

  1. बिद्ध्याजी तपाइँ त महान हुनुहुञ्छौ मदन भण्डारी जस्तो व्यक्तिको मृत्युलाई साधारण सम्झे र सामंनाया पार्न मा जन आन्दोलन रोक्न सफल हुनु हुनुभयो . अब त बाबू राम लाइ हटाएर के.पी.ओलिलाइनै प्रधान मन्त्रि र तपाइलाई उहाँको उपतथा सहयोगी मन्त्रि बनाउनु पर्छ होला होइन ?प्रयत्नगर्नुहोस निसंकोच सफल हुनु हुने छौ.

    Well-loved. Like or Dislike: Thumb up 102 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)