बाग्लुङ,माघ १४ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बर्तमान सरकार राजा भन्दा पनि निरंकुश बन्दै जान थालेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसले बाग्लुङमा गरेको आमसभालाई सम्बोधन गर्दै पौडेलले माओवादी र माओवादी नेतृत्वको सरकारले गर्दै आएको व्यवहारले राजा भन्दा पनि निरंकुश बन्दै गएको स्पष्ट भएको बताउनुभयो । माओवादीले पूर्व राजाकै शैलीमा शासन सक्ता कब्जा गर्न खोजेको भन्दै पौडेलले माओवादीलाई धक्का दिनका लागि आन्दोलन गर्नुपरेको जिकिर गर्नुभयो । उहाँले माओवादीले संघीयताका नाममा जनतालाई भिडाएको, जनवादको नाममा अधिनायकबाद लाद्न खोजेको र सत्तालाई बह्रमलुटको अखडा बनाएको आरोप पनि लगाउनुभयो । काँग्रेस नेता पौडेलले माओवादीको नेत्तृवमा निर्वाचन सम्भव नभएको बताउदै कांग्रेसलाई सरकारको नेत्तृव दिए जेठ भित्रै चुनाव गरेर देखाउने दाबी गर्नुभयो । कांग्रेसलाई सरकारको नेतृत्व दिए चुनाव हुने र आफ्नो जनमत गुम्ने डरले माओवादीले अनेक बहाना गरेको पौडेलको भनाई थियो । सम्बोधनको अधिकांश समय माओवादीलाई गाली गर्न खर्चिएका पौडेलले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा माओवादीले २ अर्व रुपैयाँ भ्रष्टचार गरेको बताउनुभयो । सरकारले जिल्लामा आउने बजेट कटौती गरेर आफ्ना कार्यकर्तालाई चेक काटेर दिएको आरोप पनि उहाँले लगाउनुभयो ।
अरु पार्टी चाही पार्टी होइन र सबै बन्द सानो पार्टी लै दिनु parch
मन परे हरियो, नपरे रातो
8
0
हजुर प्रधानमन्त्री हुन् नसकेर हो कि?
Well-loved. Like or Dislike:
239
0
पौडेल सर तपाई लाई आफ्नै पार्टीले पत्त्याको छैन ! धेरै बोलेर अरुलाई कीन अरुलाई हीरो बनाउनु हुन्छ ! चुप लाग्नुस् तेसैमा कल्याण छ |
Well-loved. Like or Dislike:
80
0