विद्युत प्राधिकरणको तालिका अनुसार हिउँदको यो याममै दैनिक १४ घण्टा लोडसेडिङ छ, अर्थात एक दिनमा जम्मा १० घण्टा मात्रै बिजुली आउँछ । तत्काल बिजुली उत्पादन गर्न सक्ने ठूला परियोजनाहरु देशमा छैनन् । छिमेकी देशबाट आयात हुने बिजुली पनि आफैलाई नपुगेको भनेर भारतले आधा कटौती गरेको छ । बिजुलीको अभावले उद्योगधन्दा कलकारखाना र मानिसको सामान्य दैनिकी अप्ठेरोसँगै अस्तव्यस्त पारेको छ । ग्रामीण ऊर्जा अर्थात माइक्रो हाईड्रो, सोलार, विण्ड ईनर्जी, गोवरग्याँस जस्ता प्रविधी बिजुलीको बढ्दो माग सम्बोधन गर्ने विकल्प हुन सक्छ? ऊर्जा अभावलाई सम्वोधन गर्न बैकल्पिक उर्जाका श्रोतहरु कति प्रभावकारी हुन सक्छन भन्ने विषयमा हामी छलफल गर्दैछौं । छलफलमा हामीसंग हुनुहुन्छ बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. गोविन्द पोख्रेल र उर्जा विश्लेषक रत्नसंसार श्रेष्ठ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
राज नीति पार्टी लाइ बधाई दिनु पर्छ जनताले ता गरि रहेको छ बिदेस बाटो दुख सुख कमाई ल्यैदिएको छ कुरा गरेर शाद्ध्य छैन
मन परे हरियो, नपरे रातो
3
0
नेपालको बिद्युत उत्पदनको सम्भाबना धेरै नै छ तर मुख्य कुरा कमिशनमा गएर अड्किन्छ | खेल यसैमा गएर अड्किएको मलाई मात्र होइन सबैलाई थाहा भएकै हो | यही कार्यक्रममा कुखुरा पालक जी ले भन्नुभए अनुसार कुखुराको बिस्टिबाट त बिजुली उत्पदन गर्न सकिन्छ भने शहरको त्यात्रा- त्यात्रा ढलहरुबाट निस्किएका फोहोरबाट त झन धेरै युनिट उत्पादन गर्न सकिन्थ्यो | उता बागमती खोला सफा हुनुको साथै सफा गर्दा लाग्ने करडौ खर्च पनि बच्ने कि कसो!
मन परे हरियो, नपरे रातो
1
0