ब्राजिलको नाईट क्लबमा भीषण आगलागीमा कम्तिमा २४५ को मृत्यु

माघ १४ । ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एक नाईट क्लबमा भीषण आगलागी हुँदा कम्तिमा २४५ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घाईत सयौंको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।क्लबको ब्याण्डले स्टेजमा पटाका पड्काएपछि आगो सल्किएको बीबीसीले जनाएको छ । उक्त क्लबमा एउटा मात्र ढोका भएकोले आगलागीपछि मानिसहरुबीच भागदौड मच्चिएको थियो ।आगलागीपछि निस्किएको विषालु ग्याँंसले निस्सासिएर धेरैको मृत्यु भएको समाचारमा जनाइएको छ । दुई हजार जना अट्ने क्षमता रहेको नाईट क्लब घटना भएको समयमा भरिभराउ थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

One Response to “ब्राजिलको नाईट क्लबमा भीषण आगलागीमा कम्तिमा २४५ को मृत्यु”

  1. good

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)