पत्रकार थापाको हत्यामा संलग्न अभियुक्तहरुको बयान रोक्न आफुले दिएको निर्देशनको भट्टराईद्वारा बचाऊ

काठमाडौं,माघ १५ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सोमबार सर्वोच्च अदालत गई पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियुक्तहरुको बयान र अनुसन्धान रोक्न आफूले दिएको निर्देशनको बचाऊ गर्नुभएको छ । अदालत समक्ष पेश गरिएको ५ पेज लामो लिखित जवाफमा प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालीन घटनाको छानवीन र कारबाही बिद्यमान फौजदारी कानुन अनुसार हुन नसक्ने भन्दै यसले ‘एउटै ब्यक्तिलाई एकै कसुरमा एकपटक भन्दा बढी कारबाही गरिने छैन’ भन्ने दोहोरो खतराको सिद्धान्त उल्लंघन हुने दाबी गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले सरकारले दण्डहीनतालाई प्रश्रय दिइरहेको छ भन्ने आरोपको खण्डन गर्दै यस्ता घटनामा संक्रमणकालीन न्याय संयन्त्र स्थापना भएपछि त्यसै अनुसार अघि बढ्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

भट्टराईले दैलेखस्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई अभियुक्तहरुको बयान र अनुसन्धान रोक्न निर्देशन दिएको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । प्रधानमन्त्रीको निर्देशनपछि महान्यायाधिबक्ता मुक्ति प्रधानले दैलेखस्थित सरकारी वकिलको कार्यालयलाई लिखित निर्देंशन दिएर मुद्धाको अनुसन्धान रोक्न दबाब दिनु भएको थियो । महान्याधिबक्ता प्रधानले आइतबार सर्वोच्च पुगेर आफुले दिएको लिखित निर्देशन विशुद्ध संवैधानिक भएको जिकिर गर्नुभएको थियो । डेकेन्द्र थापा हत्यामा संलग्नहरुको छानबीनमा हस्तक्षेप गरी प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता प्रधानले अदालतको अवहेलना गरेको भन्दै डेमोक्रेटिक लयर्स एशोसिएशनले दायर गरेको मुद्दामा सर्वोच्चका न्यायाधीश सुशीला कार्कीको इजलाशले दुबै जनालाई अदालतमा आफै अपस्थित भई जवाफ दिन आदेश दिएको थियो ।

 

16 Responses to “पत्रकार थापाको हत्यामा संलग्न अभियुक्तहरुको बयान रोक्न आफुले दिएको निर्देशनको भट्टराईद्वारा बचाऊ”

  1. Ramesh Poudyel says:

    Please do not use your dirty politics to discourage Dr. Bhattarai from his mission. We Nepali have hope only on him and few other educated Nepalese leaders, so better support and encourage him in this challenging mission.

    Dr. Bhattarai please don’t loose your faith and trust on your mission and vision, we educated young generation are behind you.

    बाबुरामलाई कम गर्न देउ, फोहोरी राजनीतिमा नफसाउ !

    Well-loved. Like or Dislike: Thumb up 1616 Thumb down 630

  2. Lalchan subedi says:

    नेपालको कानुन बमोजिम पर्दान मन्त्रिर बाबुराम भट्टराई र मुक्ति
    प्रदानको निर्देसन तथा सब्रोच मा दियको बयान टिक छ.

    Well-loved. Like or Dislike: Thumb up 480 Thumb down 65

  3. shyam ghishing says:

    हैन नेपाली जनता ले सानु गल्ति गर्दापनि ठुलो सजया पौने ठुलो नेता भन्ने मान्छे ले जे बोले पनि जे गरे पनि हुने यो कस्तो देश हो हाम्रो कस्तो नियम हो हरे भगवान जे छ नेता हरुकै छ नेपाल ठिक छ मोज गर नेता जिउ

    Hot debate. What do you think? Thumb up 769 Thumb down 796

  4. bikash says:

    द्वन्द काल मा भएको घटनाहरु सबै केलाएर दोषीलाई कारबाही गर्ने हो भने सम्पूर्ण माओबादी नेताहरु कारबाई को दायरामा पर्छन र त्यो सब गर्न थाले हाम्रो देस २० ३० वर्ष पछाडी जान्छ त्येसैले सायद सुकेको आची नचलाएको बेस होला. बरु सान्ति र संबिधान स्थापना गर्न बल गरे बेस होला कि कसो?

    Well-loved. Like or Dislike: Thumb up 202 Thumb down 14

  5. GANGA says:

    राम्रो भो !!!! अपराधी अदालत जानै पर्छ !

    Well-loved. Like or Dislike: Thumb up 315 Thumb down 225

  6. ganga b grg says:

    बुद्धि भएको प्रधान मन्त्रि लाई बुद्धि न भएको मुर्ख हरुले हैरान गर्दै छ.नेपाल मा बाबुराम जति बुद्धि भएको को छ? देश ले bideshi को कलो न खाए सम्म बाचन न सक्नी हुनु यस्तै गतिबिदी ले गर्दा हो. जब सम्म congress को budo neta mardain देश को cancer निको हुदैन. emale को त् कुरै न गरम, गन्तब्य र नीति छैन.

    Well-loved. Like or Dislike: Thumb up 276 Thumb down 20

  7. smth says:

    प्म्जीको सोचाई मलाई ठिकै लग्यो
    हुनपनि हो यौटै गल्तिको लागि कसैले पनि पटक पटक सजाय पाउनु ठिक होइन सोचौ त साथी हरु एक पटक येदि त्यो हामी माथि परेको वाए……………

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 12

  8. ripenlimbu says:

    कुरा खोतान्लुनै नै हो भने नेपाली सेना र टाउको को मोल तोक्ने कुरा पनि गर्नु गर्दा कसो होला?

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 6

  9. Shesh laoti says:

    देशमा सर्वोच् अदालतको निकाय बाहेक अरु कुनैले गल्ति गरेमा, अपराध गरेमा सर्वोचले न्याय र निसाफ केलाई दिन्छ भनौ कारबाही गर्छ / तर सर्वोच् अदालत आफैले अपराध गरेमा कुन निकायले कारबाही गर्ने त; यो बडो बिडम्बना हो / देशको सबै भन्दा विशिष्ट सम्मानित निकाय भएर कुनै एउटा बौलाले डेकेन्द्र हत्या प्रकरण लाई फौजदारी मुद्दा हो भनेर उजुरी हालदैमा राम्रो संग सोच बिचारनै नगरी फौदारी मुद्दा अन्तर्गत कारबाही प्रकिया अगाडी बडाएर सर्वोच् अदालतले डेकेन्द्र माथि अन्याय मात्र गरेको छैन उसको परिवार माथि पनि अत्याचार गरेको छ / डेकेन्द्रको हत्याराहरुलाई सजाय दिदैमा त्यो न्याय पुरा भो भन्न मिल्दैन / यहाँ को भन्न सक्छ डेकेन्द्र फौजदारीमा मारिएको थियो ? को भन्न सक्छ डेकेन्द्रको हत्या कुनै व्यक्त्तिगत दुश्मनीका कारण भएको थियो भनेर ?? कदापी होइन / डेकेन्द्र हत्या प्रकरण देश र जनताको मुक्त्तिको लागि गरिएको जनयुद्द संग सम्बन्ध छ, डेकेन्द्रको हत्या भन्दा बलिदान हो यीसँग देश र जनताको खुशी सटिएको छ / यत्रो ठुलो त्याग र बलिदानलाई सर्वोच् अदालतले अबमुल्यन गर्दै फौजदारी भन्नु यो भन्दा ठुलो अपराध अरु हुन सक्दैन / यस्तो निकम्मा न्यायलय संग न्यायको अपेक्षा गर्नुको मुर्खाई अरु के हुन सक्छ /

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 8

  10. suraj kunwar says:

    f**k baburam send him in ..hell who is the idiots telling him to do work …what he is doing… only bitch hisila doing… send all the politician in hell.. all are …mother…f**ker sorry for..strong language….they are eligible for this languages..

    Well-loved. Like or Dislike: Thumb up 295 Thumb down 181

  11. Alu pidalu says:

    सतिले सरापेको देस . सबै भन्दा राम्रो नेता भनेकोत ज्यान मार किलर लै सजाए दिन हुन्न भन्ने छ भने . भनेपछि अरु नेता कस्ता होलानता ?

    Hot debate. What do you think? Thumb up 237 Thumb down 234

  12. Atmaram kandel says:

    जुन जोगी आएनी कान चिरेको तेसैले बरु तेसै लाई गर्न दिए हुन्छ ! अरु धोति लगाएत केहि मन्त्रि हरु लाई फेरेर नया नेत्रित्तो चएंन गरि उशाई लाई निरन्तर दिदा ठिक होला… यो एस्तो भएको त उसको दिमाग पर्चंड र धोति खईदिये……

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 1

  13. Bikash says:

    एक चोटी सजाए त दिन मिल्दैन भन्ने नेता ले कता बाट चै दुइटा सजाए को प्रसङ्ग दिमाग मा उत्पन्न गरेचन कुन्नि? मिहेनत को फल मिठो हुन्न्चा भन्दै मा समाजमा कुसंस्कार उत्पन्न गर्न चै पैदैना है प्रधान मन्त्रि ज्यू!

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

  14. Ravi says:

    बन्दुक को आडमा सत्ता चलौचु भनेर संबिधान लै गोलि हान्ने अनि आफ्नो पार्टी को कार्य कर्ता पक्राउ पर्दा रातारात आयोग हरु गठन गर्ने , यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन्छ र देश को DOWNFALL को लागि/

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

  15. samraj says:

    स्वार्थ भन्दा एक कदम पर सरेर हेर नेता भनौदा देश को भाइरस हो.मुख ले एउटा भन्ने व्यवहार मा आची खैहलने अब सर नेपाली जनता हरुको सिर सगरमाथा को टुप्पो मा होइन माटो मुनि पुरिदिए नेपाल को राजनीति ले.देश को भाइरस जति लै छिट्टै दैब ले उत्हैदियोस भगवान……

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

  16. के सर्बोच्चलाई थाहा थि येनहोला नेपालमा दस बर्सिया जना आन्दोलन चलेको थियो भनेर?, आफ्नो मान आफै हानी गर्दै छ/

    Well-loved. Like or Dislike: Thumb up 94 Thumb down 4

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)