सशस्त्र प्रहरी बलका करिब ४० जना प्रहरीहरु एकैपटक बिरामी

पोखरा,माघ १६ । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल तालिम महाविद्यालयका करिब ४० जना प्रहरीहरु एकैपटक बिरामी परेका छन् । सोमबार साँझदेखि सबै जनालाई झाडाबान्ता हुने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो । फुड प्वाइजन हुँदा एकैपटक यति ठूलो संख्यामा प्रहरीहरु विरामी परेको हुनसक्ने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा। बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । केही प्रहरी भने उपचारपछि गणमा फर्किएका जनाइएको छ ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)