एमाओवादी र विपक्षीदलका कार्यकर्ताबीच झडप,६ पत्रकारसहित दर्जन बढी प्रदर्शनकारी घाइते

काभ्रे,माघ १६ । काभ्रेको बनेपामा सत्तारुढ एकीकृत नेकपा माओवादी र विपक्षीदल काँग्रेस एमालेका कार्यकर्ताबीच झडप भएको छ । बनेपामा वाईसीएल कार्यकर्ताले विपक्षी र पत्रकारहरुमाथि अन्धाधुन्द आक्रमण गरेका छन् । एकीकृत माओवादीको जिल्ला अधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बनेपा जाने भएपछि विरोध प्रदर्शनमा उत्रिएका कांग्रेस–एमाले लगायत विपक्षी दलका कार्यकर्तामाथि वाइसीएल कार्यकर्ताले आक्रमण गर्दा कम्तिमा ६ जना पत्रकारसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका हुन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

विपक्षीहरुले प्रदर्शन शुरु गरेलगत्तै वाईसीएल कार्यकर्ता जाई लागेको र प्रहरीले उनीहरुलाई नै साथ दिएको विपक्षीहरुले बताएका छन् । वाइसीएलको आक्रमणमा परी घाइते हुने पत्रकारहरुमा नेपाल टेलिभिजनका भोला थापा, नेपाल समाचारपत्रका रामकृण चापागाई, सौर्य दैनिकका मोतीराम तिमल्सिना, नमोवुद्ध एफएमका प्रकाश सुन्दास, अभियान दैनिकका कृष्णचन्द्र बञ्जरा लगायत रहेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने कडा सुरक्षाबीच बनेपा पुगेका छन् । बनेपाको तीन दोबाटो चोकमा वाइसीएल कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर केही विपक्षी कार्यकर्ता पनि घाइते भएका छन् । कांग्रेस महासमिति प्रतिनिधि कुन्साङ लामा, ईन्द्रेश्वर क्याम्पसका स्ववियु सदस्य रुपक महत, कांग्रेस सदस्य मधुकर खनाल, एमालेका जिल्ला सदस्य इन्द्र तामाङ घाइते भएका हुन् । सो स्थानमा दोहोरो ढुंगा हानाहान हुँदा केही घरका सिसा समेत फुटेको बताइएको छ । वाईसीएल कार्यकर्ताले इलाका प्रहरी कार्यालय बनेपामा पनि ढुंगा प्रहार गरेका थिए ।
प्रधानमन्त्रीलाई जिल्ला आउन नदिने निर्णय गरेका बिपक्षी दलका कार्यकर्ताहरुले अरनिको राजमार्गमा प्रधानमन्त्रीको बाटो अवरुद्ध गरेर बसेका थिए ।
दैलेख, माघ ११- बुधबार दैलेखमा भएको तनाव नियन्त्रण गर्न नसकेको भन्दै सरकारले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई फिर्ता बोलाएको छ। उनीसँगै डीएसपी शारदाप्रसाद चौधरी र इन्सपेक्टरद्वय इन्द्र सुवेदी र किरण न्यौपानेलाई सरुवा गरिएको छ। पत्रकार हत्याको मुद्दा हेरिरहेका बेला सरकारले एक्कासि सरुवा गर्नुलाई उक्त मुद्दा बिथोल्ने प्रयास गरेको विपक्षीले दाबी गरेका छन्।

 

18 Responses to “एमाओवादी र विपक्षीदलका कार्यकर्ताबीच झडप,६ पत्रकारसहित दर्जन बढी प्रदर्शनकारी घाइते”

  1. babu lama says:

    जनतालाई सूचना दिने पत्रकार माथि आक्रमण गर्नु राम्रो होइन, तर, भारतको धुद, के पी ओली, चुनाबमा जनताले हराएको माधब कुमारको अनि, परशले लागु औसधि खाएको, ज्ञानेन्द्र मन्दिर गएको सूचना चाही घरि घरि नदिनु होला !!!

    Well-loved. Like or Dislike: Thumb up 102 Thumb down 13

    • kumar says:

      आन्दोलन विपक्षीको नाममा भएपनि त्यसमा डलरको खेती गर्दै आएका आइएनजीओहरुको संलग्नता रहेको बताइएको छ । स्रोतका अनुसार स्थानीय राजनीतिक दलहरुलाई आन्दोलन चर्काउन भन्दै १० लाख डलर दिएको बताइएको छ । उनीहरुले माओवादीलाई ‘तह लगाउने’ भन्दै आन्दोलन चर्काउन विपक्षीलाई रकम बाँडेका हुन् । डलरबादीहरुले सरकार विरुद्धको आन्दोलनमा सहभागि भए आफूलाई पनि रकम दिने आह्वासन दिएको एक स्थानीयले ग्रेटवेअनलाइनलाई बताए । हिमाल साउथ एसियाका मालिक कनकमणि दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल , एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतले आन्दोलन गर्न रकम बाँडेको बताइएको छ ।

      Well-loved. Like or Dislike: Thumb up 492 Thumb down 1

  2. kalli says:

    when will this MAHABARAT end?

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

  3. kumar says:

    patrakar mitra,
    pls desko yeo mod ma dollar khayera yekpakchiya samachar kadapi naleknu ,maobadi vhaneko dhukha jhelera janatako kam garna ayeko ho vhane nc ra amale biyer ra sukutyi khadai janatako valo garna ayeka hun ,pharak yeti ho dubai dal janatako kam garna ayeka hun nc ra amale dhani ko matra seba garchan vhane maobadi dhani ra garib dubai ko ,yudda ko bela ma ta kasle nai ramayen padcha ra ,adaraniya patrakar mitra haru pls yo dukhadai mod ma yekpakchiya chamachar nalekhi janata lai clear disa dina ko lagi anurodh gardha chu

    Well-loved. Like or Dislike: Thumb up 347 Thumb down 8

  4. Kanchha says:

    आख़ीर मुठभेड़मा हाम्रा बाठ जनाजातिता परे छनी,,

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 16

  5. raman says:

    गुन्डा का भरमा देश कहिले सम्म चलाउने हो? आतंककारीको बिल्ला सत्ता मा छँदा पनि भिर्न्र लागेको हो?

    Hot debate. What do you think? Thumb up 140 Thumb down 306

  6. likpa jip says:

    अशान्तिको देश नेपाल मो नेपाली होइन जस जसले एक अर्काको टाउको फुटाऊ छ तिनीहरु मात्र नेपाली ho बन्ने बेला आए jastyo छ

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 0

  7. ganga b grg says:

    माओबादी को जिल्ला आधिबेशन आसफल पार्न एमाले काँग्रेस जादा मुठभेट न भए आन्गमालो हुन्छ त्? आर्क को कार्यक्रम बिथोल्नि राम्रो होइन.बिरोध को पनि रुप र नियम हुन्छ.देश को ४ अंग पत्रकार ले निश्पक्क्षा भएर काम गर्दा देश को भलो हुन्छ.

    Well-loved. Like or Dislike: Thumb up 297 Thumb down 13

  8. BALARAM says:

    पत्रकार पनि निस्पक्छे लेख्ने हुनुपर्योनि !! माथि लेखेको राम्रोसंग हेर्नुसता!! पुलिसले मौबदिलाई सदियो भनेकोछ अनि मौबदिले पुलिसठानामा ढुंगा हान्यो पनि भनेकोछ
    के अफ्नुसथ्दिनेलाई दुङ्गलेदिञ्छ?? अलिक ठिक लेख्ने गर्नुहोला !!!

    Well-loved. Like or Dislike: Thumb up 141 Thumb down 0

  9. Shesh laoti says:

    यी आदि-इत्यादी सबै सबै हुनु पत्रकारहरु प्रति जनमानसको खस्किदो बिश्वासको उपज हो / यस बाट पत्रकार हरुले पनि आफ्नो मान र मर्यादा भित्र रहेर काम गर्नु पर्छ भन्ने कुराको पाठ सिक्नु जरुरि छ !!!

    Well-loved. Like or Dislike: Thumb up 157 Thumb down 1

  10. prakash says:

    नेपाल देश बिग्रीनुमा पत्रकारहरु हो ठुलो योगदान छ
    \ निस्पक्ष्य भएर कम गर न , तिमीहरुलाई कसले कुटछ

    Well-loved. Like or Dislike: Thumb up 182 Thumb down 37

  11. GANGA says:

    अब मात्र मावोबादीको राम्रो समाचार आउनि भो !
    गाउ गएर मुसा को चट्नी खानी मान्छे सहर पस्दा मान्छे को चट्नी !
    जे हुनु थियो राम्रो भो ,
    dislike गर्ने मान्छेको चट्नी खाने

    Hot debate. What do you think? Thumb up 250 Thumb down 342

  12. yam bahadur says:

    पत्रकार त एउटा निस्पक्ष हुन्छ र हुनुपर्छ ,,,, जान्छ अनि बिपक्षिको हुल मा हुल मिलाउन येस्ताले कुटाइ नखाएर कस्ताले कुटाइ खान्छ त या त निधारमा ठुलो पोस्टर म पत्रकार हु भनेर तास्नु पर्यो हैन भने आफ्नो नारा लगाउदा बिपक्षि संग लगाउने कुटाइ खाएपछि म पत्रकार हु भनेर भन्ने…. आफ्नो अधिकार को लागि त सबै देशका पत्रकार ले आवाज उथाउञ्छन तर कोहि राजनीतिक दल संग मिलेर सरकारको राजिनामा माग्ने ढुंगा मुधा गर्ने रोदमा आगो बाल्ने मन्त्रि हरुलाई कालो झन्डा देकाउन्दै हिड्ने राजनीति गर्ने त कुनै देश को पत्रकारले गर्दैन होला हो

    Well-loved. Like or Dislike: Thumb up 143 Thumb down 2

  13. laxmi says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 98 Thumb down 343

  14. पत्रकार मित्रहरु मा ,कृपया तपाइहरुले यथार्थ लेख्न प्रयत्न गर्नूस यदी तपाइँ रास्ट्रको सेवक होभने ,यदी तपाइँ केवल पैसाको निम्ति मात्र भने केहिभन्नुछैन तर केवल अलि मात्र भएपनी नेपाली जनजाती दलित शोसित पिडित महीला र धर्म संस्कार लिपी सहित रास्ट्रियताको बारे लेख्न प्रयत्न गर्नोस ,अनि तपाइको स्थान यथाबत रहनेछ अन्येथा,तपाइको मूल्य र मान्यता साथै अस्तित्व को सवाल छ तपाइँ हरुमा मेरो अनुरोध .

    Well-loved. Like or Dislike: Thumb up 177 Thumb down 87

  15. पत्रकार साथीहरुलाई निस्पच्छे हुनु पर्छ भन्ने साथीहरुले आफु कत्तिको निस्पच्छे छु भनेर जाच्ने बेला आयोकी! पार्टी हरु हाम्रा गुलाम हुन् हामी पार्टी क गुलाम होइनौ यो कुरा बुझ्नु जरुरि छ अब हामीले आफ्ना पार्टीलाई जे गर्दा पनि सपोर्ट होइन तिनीहरुका कानमा ढ्यांग्रो ठोकेर सतर्क बनौन पर्ने होइन र?

    Hot debate. What do you think? Thumb up 124 Thumb down 241

  16. yogesh says:

    यिनी हरु पत्रकार का नाम का कांग्रेस एमाले का कार्यकर्ता हुन्. अर्का को कार्यक्रम बिथोल्ने घोषित योजना को आधार मा गएको कांग्रेस एमाले र प्रम को गाडी मा ढुंगा हान्ने अपराधी को हुल मा मिसिएर तेही हर्कत गरे पछि तिन को टाउको फुट्नु र करंग भाचिनु स्वाभाविक नै हो. पत्रकार नाम, पर्चाकर काम.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  17. Mohan says:

    भन्ने बेलामा रास्ट्रको चौथो अंग भन्ने अनि गर्ने बेलामा कुनै पार्टीको भ्रात्रिसंगठन जस्तो भएर हुलदंगा गरि हिडे पछि पत्रकारको टाउको नफुटे कसको फुटोस ?
    स्वतंन्त्र पत्रकारिताको मूल्य मान्यता र आचार्संघिता लाई बेवास्ता गर्ने यस्ता पत्रकारहरुकै कारण देशको हालको यो स्थिति श्रजना भएको हो / लेख्ने अधिकार पाएकोछु भन्दैमा ” पाधेको कुरालाई छादेको ” लेख्छन यदि पत्रकार रास्ट्रको चोथो अंग हो भने देश प्रति उसको दावित्व र कर्तब्य पनि त होला र एउटा पत्रकारले के कस्तो समाचार सम्प्रेषण गर्न सक्छ त्यसको पनि त आचारसंहिता होला नि / स्वतन्त्र छु भन्दैमा पत्रकार भएर कुनै राजनैतिक पार्टीको भिजिलान्ते जस्तो भएर हिड्नु त स्वतन्त्र पत्रकारिताको मर्म र धर्म होइन होला नि …../ बास्तबमा नेपालमा बराबर पत्रकारिता गर्ने पत्रकार नै छैनन् भन्दा कम्ति मात्रामा ३५% होला बाँकी सबै चोरको सर्दारहरु हुन् /

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)