सक्छौं सहिदको सम्मान गरौं, सक्दैनौं सहिदको अपमान नगरौं

माघ १६ गते सहिद दिवस । देशको लागि आफ्नो प्राणको आहुति दिने अमर सहिदको सम्मानमा हरेक वर्ष आजैका दिन सहिद दिवस मनाउने गरीन्छ । राणा शासन विरुद्धको आन्दोलनमा ज्यानको बाजी लगाएका अमर सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा देशभर बिभिन्न कार्यक्रम गरिंदैछ ।पछिल्ला वर्षहरुमा सहिदको अपमान भएको गुनासो बढिरहेको छ । सहिदको मापदण्ड र संख्याबारे सरकार समेत अनभिज्ञ छ । जोसुकैलाई पनि सहिद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गदै वास्तविक सहिदको सम्मान गर्न बिभिन्न क्षेत्रबाट माग हुँदै आएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

6 Responses to “सक्छौं सहिदको सम्मान गरौं, सक्दैनौं सहिदको अपमान नगरौं”

  1. shiva says:

    यी हुन नेपाली आमा ले जन्माएका देसका सच्चा र वास्तविक नेपाली सहिदहरु .हामी सबैले सम्मान गर्नु पर्छ ,salammmmmmmmm

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  2. binaya says:

    यो कुरा साचो हो, जो सुकै लै सहिद घोसना गर्नु सहिदहरु को खिल्ली उदाउनु हो, हाम्रो देस मा सहिद घोसना गर्न को लागि कुनै नीति नियम र दयेरा छैन,/ जुन जुन पार्टी को सरकार बन्दै गयो तै तै पार्टी ले आफ्नो पालामा मन लाग्दी तबर ले आफ्नो कार्यकता लै सहिद गोसना गरिदियो…….पार्टीहरु ले आफ्नो कार्यकर्ता लै कै दिन नसकेर सहिद घोसना गरेको जस्तो मलाई लाग्छ/ जो ब्यकति को कसैले नाम सुनेको पनि छैन, कसरि, किन र के कारण ले मरेको हो भन्ने समेत खुलेको छैन त्यो मान्छे सहिद कसरी हुन सक्छ? सहिद घोसणा गर्न को लागि निज को मिर्तु पारदर्सी हुन आबक्शयक छ/ निजले कुनै पार्टी बिसेस अथवा , आफ्नो निजि स्वार्थ पुरा गर्न को लागि ( लोव, प्रलोबन, दम्की) मा आएर आनो जयान देएको छ भने त्यो कदापी सहिद हुन सक्दैन/

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 1

  3. Shesh laoti says:

    हो; आज हामी जे छौं, देश जे छ, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघियता आदि-इत्यादी सबै सबै यी हाम्रा महान शहिद हरुको त्याग र बलिदान बाट प्राप्त उपलब्दीहरु हुन् / यी उपलब्दी हरुलाई जोगाउनु भनेको उहा हरुको सपनालाई साकार पार्नु हो र ती महान शहिद हरुको कदर गर्नु हाम्रो अपरिहार्य कर्तब्य हो / तर दुर्भाग्य अहिलेका नेताहरुले सहिदहरुको सपना, आफ्नो पार्टीको हित, देशको हित र जनताको हित सबै सबै हितलाई बिर्सेर केवल आफनै हितको लागि मात्र मरिमेटेका छन / कांग्रेस र एमालेका नेता हरुको क्रियाकलाप बाट उनीहरुको मनोकांक्षा स्पष्ट संग बुझ्न सकिन्छ / चुनाब जितिन्छ भन्ने कुरामा उनीहरुलाई अलिकति पनि आत्मविश्वास छैन / त्यसैले नानाथरी बहानाबाजी गर्दै हुने नहुने कुराहरुलाई उचालेर जसरि हुन्छ शान्ति प्रकियालाई बिथोल्ने र चुनाब हुन नदिने सड्यन्त्र गर्दै छन / देशलाई अझ संकट तिर धकेली पठाउने ताकी चुनाब हुनै नसकोस / किनभने चुनाब भइहाल्यो भने आफ्नो हार निश्चित छ मन्त्रि, प्रधान मन्त्रि हुन पाइदैन / त्यसैले चुनाब कुनै हालतमा हुननदिने सिधै सत्ता कब्जा गर्ने ध्याउन्नमा लागिपरेका छन / कांग्रेस, एमालेका यी नेताहरुलाई न आफ्नो पार्टीको भबिष्यको मतलब छ, न देश र जनताको भबिश्यकोनै मतलब छ, न शहिद हरुको आत्माले सराप्छ भनेरै डर छ-छ त केवल आफनै व्यत्तिगत स्वार्थको / अब हामी जनताहरुले नेताहरुको नियतलाई राम्ररी विचार गरि बुझेर मात्र साथ दिनु पर्ने, या नपर्ने दिनहरु आएको छ / नत्र शहिद हरुको सपना त्यसै तुहिएर जान्छ साथै उनीहरुको घोर अपमान हुन्छ /

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

  4. likpa jip says:

    पुरानो सहिदको सम्मान गरि आज फेरी नया सहिद चाहिएको छ ..आजको यो एक अर्का माथि दोषी दिदै बस्नेहरुलाई मेटाउने..थपड हानेउ फेरेम्ले हानेउ तर केहि भएन अबो पालो सिदै सहिद बनाउनु पर्छ ..नत्र देश डुब्छ

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 1

  5. ganga b grg says:

    द्वन्द र आन्दोलन मा मारिएका नेपाली हरु देश को लागि प्रण को आहुति दिएको होइनर? कि शहिद मा नाम हुनको लागि श्रीष नेता र राणा शासन बाटै मारिनु पर्नी हो!!!!! , ६२/६३ को आन्दोलन पछि पनि मारिएका केहि मनिष त् जनता को बिरोध र माग मा शहिद घोशिद भएको थियो त्, कसै लै काखा कसै लै पाखा गर्न मिल्लत!!! हाल को नेपाली र राणा काल को नेपाली समान होइनर? हाल को शहिद को नाम ले पहिलाको शहिद को अपमान कसरि हुन्छ???/ के नेपाली को मूल्य घटेको हो त्?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  6. laxmi says:

    एनी हरु मात्र देश क सहिद हुन्.हग्ने पद्ने सबै सहिद होइनन.this are only the real martiyars of the country.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)