काठमाडौं,माघ १८ । पत्रकार डेकेन्द्र थापा हत्या सम्बन्धि मुद्दामा विहिबारदेखि अदालतमा बहस हुने भएको छ । जिल्ला न्यायाधीश रामकृष्ण भट्टको इजलाशमा हुने थुनछेक बहस विहिबार नसकिए शुक्रबार पनि हुनेछ । बहस सकिएपछि अदालतले सम्भवतः शुक्रबार थुनछेकसम्बन्धमा आदेश दिने छ । प्रतिवादीका तर्फका बहस गर्न अधिवक्ता गोपाल शिवाकोटी चिन्तनको टोली दैलेख पुगेको छ । शुरुमा सरकारी वकिलहरुले बहस गर्ने र पछि प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । यसअघि बुधबार अभियुक्तहरुले अदालतमा वयान दिएका थिए । पत्रकार थापालाई कुटपिट गर्दा अण्डकोषमा लात्ति लागेकाले उनको मृत्यु भएको बयानका क्रममा हत्याका आरोपीहरुले साविती बयान दिएका छन् । जिल्ला अदालतमा हत्या आरोपमा पक्राउ परेका पाँचैजना अभियुक्तको बयान सकिएको छ । हत्यामा संलग्न मूख्य तीन आरोपी बमबहादुर खड्का नाम गरेका दुई जना र अर्का केशव खड्का भने फरार छन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेपाली कांग्रेसका दैलेख सभापति कृष्ण कुमार जिसी, एमालेको जिल्ला अध्यक्ष अम्मर बहादुर थापा लगायतको नेतृत्वमा बन्द आह्वान गरिएको हो । जिसीले प्रधानमन्त्री जवरजस्ती प्रवेश गरे अवरोध गर्ने बताएका थिए ।
आन्दोलन विपक्षीको नाममा भएपनि त्यसमा डलरको खेती गर्दै आएका आइएनजीओहरुको संलग्नता रहेको बताइएको छ । स्रोतका अनुसार स्थानीय राजनीतिक दलहरुलाई आन्दोलन चर्काउन भन्दै १० लाख डलर दिएको बताइएको छ । उनीहरुले माओवादीलाई ‘तह लगाउने’ भन्दै आन्दोलन चर्काउन विपक्षीलाई रकम बाँडेका हुन् । डलरबादीहरुले सरकार विरुद्धको आन्दोलनमा सहभागि भए आफूलाई पनि रकम दिने आह्वासन दिएको एक स्थानीयले ग्रेटवेअनलाइनलाई बताए । हिमाल साउथ एसियाका मालिक कनकमणि दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल , एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतले आन्दोलन गर्न रकम बाँडेको बताइएको छ ।
माओवादीबाट जबसम्म नेपाली राजनीतिको पहलकदमी छिन्न सकिँदैन तबसम्म आफूहरु अनूकुल केहीपनि निर्णय गर्न नसकिने भन्दै उनीहरुले आन्दोलन चर्काउन रकम दिएका हुन् ।
वर्तमान सरकार रहेसम्म आफू अनुकूल काम गर्न नसकिएको भन्दै उनीहरुले माओवादी विरुद्व जे गर्न पनि तयार रहेको स्रोतले जनाएको छ । केही साता पहिले माओवादीलाई ठेगान लगाउन उनीहरुको गोप्य बैठक इन्सेक कार्यालय स्युचाटारमा बसेको सार्वजनिक भएको थियो । सो बैठकमा कनकमणि, मन्दिरा, शरण लगायतको उपश्थिति रहेको थियो । बैठकमा कनकमणिले माओवादीलाई तह लगाउन जे पनि गर्न तयार रहेको बताएका थिए । कनकमणि मानवअधिकारवादीको नाममा डलरको खेति गर्दै आएका व्याक्ति हुन् ।
Well-loved. Like or Dislike:
70
41
नेपाल का बुद्धिजीवी बर्ग हरु जो लाटा को देश मा गाणा तन्देरी हुन्, देश लै दवंद तिर न लानुस, हिजो को दवंद मा मारिएका, घाइते,बेपत्ता, भौतिक क्षेती भुल्नु भए जस्तो छ, पत्रकार जी हरुले आगो मा पेट्रोल खानौनी काम हुदै छ, द्वन्द भयो भने डेकेन्द्र थापा जस्ता घटना दोहोरिने छ, हिजो द्वन्द खोला वारी खोला पारी जस्तो थियो,आब सबै एकै ठाउमा छन्, रक्त पात शहर भित्र हुनेछ,ruwanda मा तुलसी र hutu को खेल नेपाल मा हुनेछ.शहर को युग्द मा महिला धेरै बलात्कृत हुन्छ,आम जनता आर्को देश मा बिश्तापित हुन्छ र त्यहाँ पनि बलात्कृत हुन्छ, गाडेको मुर्दा न खोद्नुस,नतिजा आकाश खसे जस्तो हुनेछ.मनिष को दिमाग मा रगत चढदा राक्षस बन्छ.कुनै नेता,पत्रकार,कानुनविद हरु को परिवार आछुतो रहने छैन.
मन परे हरियो, नपरे रातो
5
1