नेकपा-माओवादीको कोशी उच्च बाँध अध्ययन गर्न नदिने चेतावनी

इटहरी,माघ १९ । सप्तकोसी उच्चबाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज, डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि दुई वर्ष म्याद थपेकोमा विरोध जनाउँदै नेकपा-माओवादीसम्बद्ध किराँत राष्ट्रिय मुक्ति मोर्चाले त्यसविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । भारत नेपाल उच्चस्तरीय जलस्रोत बैठकले सुनसरीको बराहक्षेत्रमा रहेको उच्चबाँध आयोजनाको डिपिआर तयार पार्न २ वर्ष म्याद थप्ने निर्णय गरेकोप्रति मोर्चाले आपत्ति जनाएको हो ।

मोर्चाले सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी सप्तकोसी उच्चबाँधसँग सम्बन्धित बाँकी कार्यहरु कुनै पनि हालतमा सम्पन्न हुन नदिने अडान सार्वजनिक गरेको हो ।

भारत सरकारले उच्च महत्व दिँदै आएको सो परियोजनाका लागि हालसम्म नेपालका तर्फबाट रु ९४ लाख र भारतका तर्फबाट रु ६६ करोड खर्च भइसकेको छ। विभिन्न समयमा भएका अवरोधका कारण अध्ययन एवम् अनुसन्धानका काम अझै बाँकी रहेका छन् ।

हाल नेपाल सरकारका तर्फबाट रु दुई करोड ४९ लाख तथा भारत सरकारका तर्फबाट रु एक अर्ब ४० करोड लगानी गरी परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन दुई वर्षभित्र तयार पारिसक्ने लक्ष्य राखिएको छ। तर, मोर्चाले सबैखाले शक्ति प्रयोग गरेर परियोजनाको काम नै हुन नदिने चेतावनी दिएको छ ।

मोर्चाका केन्द्रीय उपाध्यक्ष राजेन्द्र किराँतीले भारतद्वारा नेपालमा सञ्चालन हुँदै आएका सबै योजना तथा परियोजनालाई राष्ट्रिय स्वाधीनताका मुद्दासँग जोडेर हेर्ने दृष्टिकोण मोर्चाले बनाएको बताउनुभयो । उहाँले भारत सरकारले नेपालमा सञ्चालन गरेका धेरै त्यस्ता परियोजनाबाट नेपाली ठगिने क्रम जारी रहेको र नेपालीको हितमा नरहेको सप्तकोसी परियोजनाको काम सबै सरोकारवालाको सहकार्यमा जस्तोसुकै कदम चालेर भए पनि रोकिने जानकारी दिनुभयो ।

नेपाल र भारतको उच्चस्तरीय प्राविधिक टोलीले सुनसरीको बराहक्षेत्र, धनुकटाको आहाले र उदयपुरको मैनामैनी क्षेत्रको भूगोललगायतका विषयमा अध्ययन गरिरहेको छ । रासस

 

3 Responses to “नेकपा-माओवादीको कोशी उच्च बाँध अध्ययन गर्न नदिने चेतावनी”

  1. likpa jip says:

    १०० प्रतिसत आफ्नै देशको नाफा हुने गरि योजना सुरु हुनु पर्दा छ ..नत्र बन्द गर्नु नै उचित हो ..भारतले बारम बर येस्तै चालमा नेपालीलाई फसौदै आएको छ..

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 2

  2. roshan says:

    …तर बर्तमान सरकार त नेपाललाई भारतको एउटा प्रान्त घोसित गरेरै भएपनि उक्त आयोजना संचालन गरेरै छाड्ने मनस्थितिमा छ. नत्र सरकार कसरि टिक्छ ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  3. desh premi says:

    हाम्रो देश मा कोहि पनि फ्री मा अराबोउ लगानी गर्न त्यति कै आऒने वाला छैन. बिजुली हाम्रो देश मा बल्दै न धेरै. हाम्रो भूमि badi ले बढी प्राभावित छ. नचाहिने कुरा मा ज्यादा बखेडा झिक्नु हूना. यी मॉबदि हरु गर्ने केहि होइना राजनीति र बिरोध गर्न मात्र जानेका छन्.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)