मंगलबार देखि आमरण अनशनमा बसेका चलचित्रकर्मीहरुको स्वास्थय अवस्था नाजुक बनेको छ । नायक मुकेश ढकाल, कलाकार निला बस्नेत र निर्देशक अंग्रज केसीलाई अस्पताल तुरुन्त लैजान डाक्टरले सल्लाहा दिएका छन् । नायक मुकेश र निलाको ब्लडप्रेसर लो भएको छ भने अंग्रजको उच्च भएको छ । अस्पताल नलगेको खण्डमा झनै खतरा उत्पन्न हुन सक्ने डाक्टरले बताएका छन् । तर चलचित्रकर्मीहरुले भने माग पुरा नभएसम्म अस्पताल नजाने अड्डी कसेका छन् । उनीहरुले बरु आफुहरु मर्न तयार रहेको तर अस्पताल नजाने अड्डी कसेका हुन् । आमरण अनशनमा कलाकार जयकिशन बस्नेत, प्राविधिक संघका महासचिब अनन्त तिमिल्सिना, निर्देशक सुर्य रेग्मी पनि सहभागी छन् । चलचित्रकर्मी र सरकार बिच भएको बार्ता बिहिबार बिना निष्कर्ष टुङ्गिएपछि आज पनि चलचित्रकर्मी र सरकारबिचको बार्ता जारी छ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
यी नेताहरुलाई अलिकति पनि कलाकार माथि चिन्ता होला दाजु भाइ हो ……देश माथि त छैन ..
Well-loved. Like or Dislike:
30
3
यस्तो हुदा पनि चुप लागेर बस्ने नेता हरु लाई के भन्ने फ्याकिदिउ जनता बरु ज्ञाने लाइ जस्तै
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो अधिकार को लागि कहाँ होर ? आन्दोलन रत बिपछी पार्टी को समर्थन मा हँ मा हैंसे लगाएर यो सरकार ढलाउने खेल हो नि !अनसन लाइ निरन्तरता दिनु पर्छ ! आफ्नो अधिकार को लागि मरे पनि के भोर शहिद हुन पाइन्छ्नी !
मन परे हरियो, नपरे रातो
0
0