त्रिभुवन विश्वविद्यालयले भारतलाई चिठ्ठी पठाउँदा हिन्दी भाषाको प्रयोग गरेको खुलासा

काठमाडौं,माघ १९ । त्रिभुवन विश्वविद्यालयले भारतलाई चिठ्ठी पठाउँदा हिन्दी भाषाको प्रयोग गरेको पाइएको छ । विश्वविद्यालयको केन्द्रीय संस्कृत विभागले आगामी चैत २ र ३ गते काठमाडौंमा हुन लागेको संस्कृतविद् सम्मेलनका लागि दिल्ली सरकारका मूख्यसचिवलाई उपस्थिति जनाउनका लागि आग्रह पत्र पठाउँदा हिन्दी भाषाको प्रयोग भएको हो ।
गत माघ ८ गते संस्कृत विभाग प्रमुख शशिनाथ ठाकुरद्धारा प्रेषित उक्त पत्रमा उक्त सम्मेलनको उद्घाटन कार्यक्रममा नेपालका राष्ट्रपति र प्रधानमन्त्री सरिक हुने समेत जनाइएको छ । उक्त संस्कृतविद्हरुको सम्मेलनको आयोजना त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग र भारतको दिल्ली संस्कृत एकेडेमीले संयुक्तरुपमा आयोजना गर्ने पत्रमा उल्लेख छ । सामान्यतया विदेशमा पत्र पठाउँदा अंगे्रजी भाषाको प्रयोग गरिने भए पनि संस्कृत विभागले संस्कृत भाषाको समेत ख्याल नगरी हिन्दी भाषाको प्रयोग गरेको हो ।

 

4 Responses to “त्रिभुवन विश्वविद्यालयले भारतलाई चिठ्ठी पठाउँदा हिन्दी भाषाको प्रयोग गरेको खुलासा”

  1. ashim says:

    बिभाग त संस्कृत पर्यो के अंग्रेजी बोल्न लेख्न आओस र अंग्रेजीमा पत्र लेखोस ! सस्कृत बिभाग भन्नु मात्रै संस्कृत त बिर्सी सक्यो होला !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  2. Gurung Dev says:

    हिन्दि भाषा त धेरै टाढाको कुरा हो हजुर ! हाम्रो नेपालमा त राष्ट्रिय जनावर के हो भन्दा सिहं, राष्ट्रिय पंछी के हो भन्दा मयुर भनेर पढाउने स्कुलहरु खोलेका छन तिनलाई कसले कारवाई गर्ने ????? नेपाल सरकार सित यसको उत्तर केहि छ ???? भन्यो भने हाम्लाई त थाहा छैन भन्छ, पुरा सिमाना मिचेर खतम पारि सक्यो, भन्यो भने तेस्तो हुने सक्दैन इ सबै वाहियात कुरा हो भन्छन, भने पछि सरकार सम्म इंडिया को पक्छ मा छन त साधारण नेपालीले के नै गर्न सक्छन र समाचार पढ्नु को सिवाय ???

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  3. नेपालमा बिहारीले सत्ता कब्जा गरे पछित हिन्दीमा नलेखे अनि के राई गोरुवाल भेडा बाख्रा को भाषा त बिहारीले जान्दैन होला नि,अनि किन टाउको दुखाई यो कुरामा// बिगतमा पनित झाले माले, मात्री ले पनित हिन्दीमा कसम खाएकोइ हुन्,क्यारे,//नेपाल को सभासद भवन जस्तोमात बिहारी हरुले नेपाली नागरिता गोजीमा //तर हिन्दीमा भासन ठोके कोइ हुन् क्यारे ,,बेकार को समाचार,.यार यो त,////

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  4. hari karki says:

    धोति को गुलामी गर्ने सबै राष्ट्र घाती हरुलाई नेपाल बाट गलहत्यारा उतै धोतिकै देशमा पठाउनु पर्छ ………

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)