पत्रकार थापा हत्याको अभियोगिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश

दैलेख,माघ १९ । पत्रकार डेकेन्द्र थापा हत्याको अभियोगमा पक्राउ परेकाहरुलाई दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । दुई दिनदेखि भएको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश रामकृष्ण भट्टको इजलाशले अभियुक्तहरुलाई थुनामा पठाउने आदेश दिएको हो । बहसमा वादीपक्षका तर्फबाट अधिवक्ताहरु श्रीकृष्ण हमाल, सुरेन्द्र अधिकारी, ललित मल्ल र दिनेश त्रिपाठीको सहयोगमा सरकारी वकिल डम्बर काफ्लेले बहस गरेका थिए । बहस गर्दै उनीहरुले नौ जना अभियुक्तहरुलाई सर्वस्वसहित जन्मकैदको माग दावी गरेका थिए । प्रतिवादीको तर्फबाट बहस गर्दै अधिवक्ताहरु केदार गुरागाईं, कपिल पोखरेल र गोपाल सिवाकोटी चिन्तनले भने बृहत शान्ति सम्झौताको मर्म विपरित हुने गरी राजनीतिक द्धन्द्धसँग सम्बन्धित मुद्दा अदालतमा उठाउन नमिल्ने जिकिर गरेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराई, महान्यायाधिवक्ता मुक्ति प्रधान र माओवादीका दुबै घटकले चर्को दबाव दिएपनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयसमक्ष बयानसहितको अभियोजन दाखिला गरेपछि जिल्ला अदालतमा मुद्धा दायर भएको थियो ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)